गत वैशाख १२ गते गएको भुकम्पबाट गोरखाको मनकामना मन्दिरमा पुगेको क्षेतिसँगै स्थगित मनकामना केबलकार आइतबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भुकम्पले आंशिक क्षेतिसँगै मन्दिर केही ढल्किएपछि पूजापाठमा समस्या पर्नसक्ने अवस्थालाई मध्यनजर गर्दै मनकामना केबलकार स्थगित गरिएको थियो । मन्दिरमा सामान्य क्षति पुगेपनि हाल मन्दिर बाहिरबाटै पूजापाठ तथा दर्शन गर्ने व्यवस्था मिलाईएपछि भक्तजनहरुको माग अनुसार केबलकार सञ्चालनमा ल्याउन लागिएको मनकामना दर्शन प्रा.लि. पोखरा शाखाका सञ्चालक राजेश गुरुङले बताए ।मन्दिर जिर्णोद्धार नहुँदा गत बैशाख १२ गते गएको भुकम्पले आंशिक क्षति पुर्याउनुका साथै केही ढल्केको छ । मनकामना मन्दिरमा दर्शन गर्न स्वदेश तथा विदेशबाट दैनिकजसो हजारौं दर्शनार्थी आउने गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment