0
गोल्डेन न्यूज संवाददाता।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ नेपालका लायन बर्ष २०१५÷१६ का गण्डकी क्षेत्रका विभिन्न क्लबका अध्यक्ष, प्रथप उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको टे«निङ्ग कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले आगामी बर्षको नारा मेक अ डिफिरेन्स हितका  मुख्य कार्यक्रमहरु भूकम्प पीडितहरुका लागि राहत तथा पुनःस्थापना एक क्लब एक भुकम्प प्रभावित स्कुल ग्रहण गरी सहयोग गर्ने बताए । उनका अनुसार लायन्स ब्लड बैंकको स्थापना, लायन्स फाउण्डेशको कोष वृद्धि, लायन्स लीडर सिप क्याम्प लगायतका आगामी बर्षको कार्य योजना रहेको छ । क्लबका पदाधिकारीहरुले आफ्नो पदीय जिम्मेवारी र दायित्वको बारेमा पूर्व मल्टिपल काउन्सिल चियरपर्सन राजन लम्साल प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर बालकृष्ण बुर्लाकोटी, क्याविनेट सचिव विश्वेश्वर आचार्य, क्याविनेट कोषाध्यक्ष प्रजापति बास्तोला, ज्ञान बहादुर कार्कीले बारेमा जानकारी गराएका थिए । यसै गरी अन्तर्राष्ट्रिय अध्यक्षको आगामी बर्षको नाराको बारेमा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर धनराज अचार्य, सचिवाललका सूचना र रिपोर्टिङ्ग सहित मोवाइल एप्लिकेशन र वेवसाइटको बारेमा क्याविनेट सचिव विशेश्वर आचार्य, डिष्ट्रिक्टका सल्लाहाकार लायन राम बहादुर बसेल, चिफ पब्लिक अफिसर मन बहादुर रोकाले जानकारी गराए । त्यस्तै लायन्सहरुले समाजमा गर्नुपर्ने कार्यहरुको बारेमा डिष्ट्रिक्टका सल्लाहकार चन्द्र बहादुर के.सी. र आगामी बर्षलाई कसरी सफल बर्ष बनाउन सकिन्छ भन्ने बारेमा पूर्व मल्टिपल काउन्सिल चियर पर्सन राजन लम्सालले सहजीकरण गरेका थिए । यसअघि कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिधि पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दिपक श्रेष्ठले आगामी बर्ष लायन्सहरुको गतिविधि अझ गुणस्तरीय र उत्कृष्ट हुनेमा आफू विश्वस्त रहेको बताए ।  पूर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेमबहादुर श्रेष्ठ डिष्ट्रिक्ट चिफ एडभाइजर अशोक कुमार श्रेष्ठ लगायतले सफलताको बोलेका थिए । गण्डकी अञ्चल भित्रका ७५ क्लबका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरु सहित करिव २५० लायन्सहरुको सहभागिता रहेको कार्यक्रममा आगाम बर्षको कार्यकाललाई उत्कृष्ट कार्यकाल बनाउनका लागि सबै प्रतिबद्ध रहेको जानकारी मिडिया रिलेशन चियर पर्सन लायन सुदिपराज ढुंगानाले गोल्डेन न्यूज दैनिलाई जानकारी दिए । यस अघि धौलागिरी क्षेत्रका लायन्सहरुको लागि बाग्लुङ्गमा उक्त कार्यक्रम सम्पन्न भैसकेको थियो ।

Post a Comment

 
Top