बैशाख १२ गते आएको विनाशकारी भूकम्पपछि भूगर्भविद्हरूको यो आश्वासन कि अब साना साना पराकम्पबाहेक ठूलो भूकम्प आउँदैन, त्यस्तो दावालाई बैशाख २९ गते आएको ७.३ म्याग्नेच्यूडको भूकम्पले मिथ्या साबित गरि दिएको छ । बैशाख १२ गतेको विशाल क्षतिलाई पनि बिर्सिदै भूकम्प पीडितहरूले आफनो पीडालाई दाबेर भएपनि विज्ञहरूको आश्वासन मानेर नेपाली जनताले सामान्य दिनचर्यामा फर्कि रहेको बेला बैशाख २९ गते दोलखाको सूनखानीलाई केन्द्र विन्दु बनाएर गएको ७.३ रेक्टरको भूकम्पले सबैको मनोबललाई तोडि दिएको छ । सुक्न लागेको आँशु १८ दिनपछि फेरि बग्न थालेको छ । २९ गते बैशाखको भूकम्पले दोलखालाई त ध्वस्तै पा¥यो, काठमाण्डौ उपत्यकामा अधिल्लो भूकम्पमा चर्किएका धेरै घरहरू धाराशायी भयो । उच्च अट्टालिका हरू झर्दै जाँदा पहिलोभन्दा पनि बढि भयभीत बनेका भूकम्प पीडितहरू अति निराश अवस्थामा पुगेका छन् । मनमा भएका त्रासलाई हटाउन मनोवैज्ञानिकका टीमहरूले पीडितहरूको मनोवल उठाउन मनोवैज्ञानिक उपचार थालेको प्रशंसनीय कार्यलाई दोश्रो भूकम्पले अर्थहीन बनाई दिएको छ । मनोवैैज्ञानिक उपचारमा संलग्न डाक्टरहरूप्रति पीडित हरूको विश्वास कमजोर भएको छ । प्रलयको अर्को झटकाले सामान्य जीवनमा फर्कि रहेको जनजीवनलाई फेरि आतंकित बनाएको छ । मानिसको मनःस्थिति त्रसित अवस्थामा रहेको र मृत्युलाई वरण नगरेपनि अधिकाँशले मानसिक सन्तुलन कायम राख्न नसक्ने अवस्थामा जान सक्ने अवस्था विद्यमान देखिन्छ । आफनै सामुन्ने धनजनको अपुरणीय क्षतिका विभत्स रूप मानस पटलमा अंकित रहेको, प्रतिपल सम्झेर आहत तथा भयाक्रान्त हुने दुःखद अवस्थाको निरन्तरतामा लामो समय बस्ने बाध्यताले मानिसलाई सहज अवस्थामा फर्कन कठीन भएको छ ।काठमाण्डौ लगायत पहाडले भोगेको प्रलयको पीडा यो नौलो होइन । विगत कालमा प्रलयकारी भूकम्पका यस्ता झट्काहरू खेप्दै आएका नेपाली जनताले फेरि पनि यस प्रलयमा आहूति दिएका छन् । शताब्दिको अन्तरालमा हुने यस्ता विनाशकारी भुकम्पलाई बिर्सन एक पीढिलाई नै बलिदान दिने गरिएकोले आगामी पीढि यसको प्रत्यक्ष पीडाबाट बञ्चित रहेका हुन्छन् । इतिहासका पानाले उसलाई विगतमा भएको भूकम्पीय घटनालाई सम्झाई रहन्छ ।
विक्रम सम्वत्को १९औं शताब्दिमा यस्ता विनाशकारी भूकम्प ६ पल्ट आएकोले काडमाडौं उपत्यकाको जनजीवनको अवस्था कस्तो भएको होला । एउटै मानिसले ६ पल्ट विनाशका घटनाहरूलाई प्रत्यक्ष रूपमा हेरि बसेको अवस्था कस्तो होला ? वि.सं. १८२४ आषाढ १ गते, वि.सं. १८६७ ज्येष्ठ १० गते, १८८० यम पञ्चकका दिन, वि.सं. १८९० भदौ महिनामा, वि.सं. १८९० असोज महिनामा तथा वि.सं. १८९१ मा गरि ६ पल्ट लगातार काठमाण्डाकै उपत्यकाले प्रलयसंग सामना गरेको थियो । तेह्रौं शताब्दिदेखि भूकम्पीय घटनाहरू जानकारीमा रहेकोले औसतन रूपमा एक शताब्दिमा आई रहने ७ रेक्टरभन्दा माथिको विनाशकारी भूकम्पको विभत्स रूपलाई उपत्यकाले भोग्दै आएको छ । प्रत्येक शताब्दिमा प्रलयका क्षति व्योहोर्ने काठमाण्डौं उपत्यकाको नियति बनेको छ ।शताब्दि कै अन्तरालमा काठमाण्डौ उपत्यकाले विनाशकारी भूकम्पको जोखिमलाई व्योहोर्नु पर्ने रहस्यहरू पनि उजागर हुन थालेको छ । भारतीय प्लेट तथा युरेशियन प्लेटको घर्षण स्थलमाथि दुर्भाग्यले काठमाण्डौ शहर बसेको तथ्य हामीले जानकारी पाएका छौं । २० २५ कि.मी. जमीनमुनि भई रहने यो क्रियाको रहस्य विगतकालमा कसैले थाहा पाउन सकेको थिएन । प्रतिवर्ष ५ सेन्टीमीटरको हिसावले सर्ने यो प्लेट निरन्तर गतिमान रहेकोले कुन बेला गतिको तीब्रतालाई काठमाण्डौंले व्योहोर्ने भन्ने निश्चित नरहेकोले प्रायः शताब्दिका अन्तरालमा जोखिम व्योहोर्ने अनुमान गरिएको छ । दुई प्लेटको घर्षणको प्रक्रिया निरन्तर चलि रहेकै कारणबाट अहिले प्लेट चार मीटर भित्र पसेकोले नेपाल भूकम्पीय क्षतिमा परेको हो । के कति कारणले भूकम्पीय क्षति हुने भन्ने स्पष्ट नरहेपनि भूगर्भ शास्त्रीहरूले काठमाण्डौ उपत्यका भूकम्पीय जोखिममा रहेको भन्ने अनुमान पहिलेदेखि गर्दै आएको छ ।काठमाण्डौंको रमणीयता देखेर नै यसलाई देशको राजधानी बनाएको हुन सक्दछ । राजधानीमा घर बनाउँदा हैसियत ठूलो हुने मानसिक सोच सभ्रान्तदेखि विपन्नसम्म फैलिएर गयो । यो सोचको कार्यान्वयन सभ्रान्तदेखि शुरू भएर अब विपन्नसम्म पुगेको देखिन्छ । काठमाण्डौंमा घर घडेरी जोड्ने क्रम तीब्र रूपमा शुरू भयो । माओवादी द्वन्द्वकालमा सुरक्षाको दृष्टिकोणले पनि मानिसहरू काठमाण्डौंंमा घर बनाई बस्ने निर्णय लिए । राजधानीमा केन्द्रीत हुने जनसंख्या ४० लाख पुग्यो । घरहरूको निर्माण तीब्र रूपमा बढ्न थाल्यो । भूकम्पीय मापदण्डलाई पनि छलेर धेरै घरहरू बने । अहिले त्यस्ता घरहरू भूकम्पको शिकार भएको छ । जनसंख्याको चापसंगै एकातिर घरहरूको निर्माण भयो भने अर्कोतिर भूमिगत जल निकाल्ने क्रमपनि सोही अनुपातमा बढ्दै गयो । पारस्परिक विरोधाभास प्रक्रियाकै कारण काठमाण्डौं भूकम्पीय जोखिममा रहेको विज्ञहरूको अनुमान थियो र यसको सूचना पनि मानिस पाई रहेका थिए । घटना नघटि सचेत नहुने नेपालीको वानीले क्षतिको यति ठूलो परिणाम देखाएको हो ।नेपालको ठूलो इतिहास बोकेको काठमाण्डौ उपत्यका विगतकाल देखि ध्वंश र निर्माणको जोखिम उठाउँदै आएको छ । विगतकालमा भूकम्पीय क्षतिमा आजको जस्तो प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन सकेको थिएन । तैपनि क्षतिपूर्तिका लागि सबै नवनिर्माणमा जुटि काठमाण्डौं उपत्यकालाई पुनश्च पूर्वावस्थामा ल्याए । आज अन्तर्राष्ट्रिय सहयोग जुटाउन विगतको जस्तो कठीन परिस्थिति नरहेकोले सहज रूपमा आर्थिक सहयोग लगायत उद्धार टोली, उपचार टोली तथा राहत सहयोग टोली आएर भूकम्प पीडितलाई प्रत्यक्ष रूपमा सहयोग गरि रहेका छन् ।विगतकालमा पुनर्निर्माणका कार्यहरू जति जटिल थिए, अहिले त्यति नै सहज भएको छ । विकासको गतिले सम्पूर्ण संसारलाई एउटा परिवारको रूपमा परिणत गरि दिएको कारणले दैवी प्रकोपसंग जुध्न अन्तर्राष्ट्रिय जगत समान रूपमा उपस्थित देखिन्छ । क्षेत्रगत रूपमा भूकम्प पीडितहरूलाई राहत वितरण गर्न संसारका धेरै जसो ठाउँका राहत टोली सक्रिय रहेका छन् । जुन परिमाणमा क्षति भएको छ, यसमा नेपाल सरकार मात्र सक्षम नरहने स्थिति रहेकोले अन्तर्राष्ट्रिय सहयोग टोली सक्रिय भएका छन् । पारस्परिक मैत्री सम्बन्धको प्रगाढताले पनि पारस्परिक सहयोगलाई बढावा दिएको छ । विपद क्षणका यस्ता सहयोगलाई प्रशंसा नै गर्नु पर्दछ ।धनमालको क्षति भएर विस्थापित भई बाँचेकाहरूको जीवन बचाउन दिईने आवश्यक सहयोग नै राहत हो । यो पनि निरन्तर चलि रहने प्रक्रिया होइन । घर, धनमाल गुमाएका विस्थापित भएकाहरूको पुनस्र्थापन ठूलो चुनौतीको रूपमा उभिएको छ । सरसफाई र स्वास्थ्यबारेको सन्तुलन उत्तिकै चुनौतीको बिषय बनेको छ । राजधानीभित्र थुप्रिएको भग्नावशेषको व्यवस्थापन पनि ठूलो समस्याको रूपमा खडा रहेको छ । राहत मात्र पनि विद्यमान समस्याको हल होइन ।परनिर्भरताको जोखिम पहिलेदेखि भोगि रहेको नेपाली जनताले भूकम्पीय क्षतिमा भए भरका आर्थिक सामथ्र्य गुमाएको अवस्थामा यो किञ्चित राहतले उनको दिनचर्यालाई सन्तुलित गर्न सक्दैन । भूकम्प पीडितलाई सामान्य जीवनमा फर्काउन पनि उत्तिकै कठीन बिषय बनेको छ । भूकम्पीय क्षति व्यवस्थापन तथा पुनर्निर्माणमा आउने चुनौतीसंग लड्न पनि सजिलो छैन । पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग अपेक्षित रहेकोले यसले जटिल परिस्थिति सृजना नगर्ला, तर भूकम्प पीडितहरूको व्यवस्थापन हुन सकेन भने नागरिक पलायनको सम्भावना बढेर जान्छ ।माओवादी द्वन्द्वकालमा पीडितहरूको उचित व्यवस्थापन हुन नसक्दा आधा करोड युवाहरूको विदेश पलायन रोक्न सकिएन । भूकम्प पीडितहरूको सरकारले रणनीतिक रूपमा स्थाई व्यवस्थापन गरेन भने राहत बाँडेर दायित्व पूरा भएको ठान्ने सरकार समक्ष नागरिक पलायनको भयावह दृश्य उपस्थित हुने सम्भावना पनि प्रबल देखिएको छ ।
(मधेश दर्पण फिचर सेवा)

Post a Comment