गोल्डेन न्यूज संवाददाता
पोखरा १५ जेठ ।
महाभूकम्पका कारण कास्कीमा सबैभन्दा बढी क्षति पुगेको विद्यालय मध्येको चापाकोट ७ ऐंशेलुचौरस्थित पञ्चकोशी निमाविको भैतिक पूर्वाधार विकासका लागि सहयोग गर्ने आश्वासन एक विदेशी महिलाले दिएकी छन् । रशियाबाट पोखरा भ्रमणमा आएकी एन्जालिकाले शुक्रबार विद्यालयको स्थलगत निरीक्षण गरी विद्यालय व्यवस्थापन समिति र स्थानीय अभिभावकको सुझाव बमोजिम विद्यालयलाई आवश्यक पर्ने फर्निचर अर्थात डेक्स बेन्चका लागि सक्दो सहयोग जुटाउने आश्वासन दिएकी छन् । आफ्नो २ वर्षको छोरा र श्रीमानसहित पोखरा आएकी एन्जालिकाले आफूलाई आफ्नो देशबाट धेरै साथीहरुले नेपालमा भूकम्प पछिको अवस्थाका बारेमा जानकारी लिन चाहेको र उनीहरुले सहयोग गर्ने चाहना समेत गरेकोले आफूले संयोजन गरि विद्यालयलाई सहयोग गर्ने बताइन ।
पोखराका पर्यटन व्यवसायी अनिल श्रेष्ठ र भरतराज पराजुलीका साथै विद्यालयका पूर्व विद्यार्थी समेत र।हेका नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीसंगको सम्पर्क पछि एन्जालिकाले भूकम्प पीडितलाई सहयोग गर्ने चाहना प्रकट गरेपछि उनलाई पञ्चकोशी निमाविको स्थलगत अवलोकन गराइएको हो । शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पराजुली, विद्यालयका प्रअ मातृका पराजुली, पूर्व शिक्षक तथा शिक्षा सेवी छविलाल अधिकारी, शिक्षक गंगाधर चापागाइँ, अभिभावक विमल पराजुली लगायतले रशियन नागरिक एन्जालिका सहित पूर्व विद्यार्थी एवं पत्रकार पराजुली र व्यवसायी श्रेष्ठलाई सम्मान गरेका थिए । उनीहरुले विद्यालयको भवन निर्माणका लागि विभिन्न दातृ संस्थाहरुसंग पत्राचार र सम्पर्क भइरहेको तर टुङ्गोमा नपुगेको जानकारी दिंदै तत्कालका लागि फर्निचर आवश्यक रहेको बताएका थिए ।

Post a Comment