0
बस्छस् मौन हुन्छन् बहिरो आखिर किन दैव ?
मर्माहत घाउ चोट गहिरो आखिर किन दैव ?
रुप परिवर्तन गरी आउँछस् सधैं नेपाली माझ !
कहिले भूकम्प कहिले  पहिरो आखिर किन  दैव ?

राष्ट्र जस्तै मेरो पनि हात भेट्ने छौं ।
देश विपत्तिमा मलाई कङ्गाल भेट्ने छौ ।।
छाती चिरेर हेर्छौ ? ए देश द्रोही हो,
मुटुभित्र प्यारो सुन्दर नेपाल भेट्ने छौ ।।

कालो बादल मडारिएको आकाश देख्ने छेउ
अमूल्य उपहार तिमीले नै खास देख्ने छेउ
जान्छेउ जाउ जाने बाटो छेक्दिन म सानु !
तिम्रो डोली आगाडि मेरो लास देख्ने छेउ ।।

Post a Comment

 
Top