0
गोल्डेन न्यूज संवाददाता
‘पूनर्जागरणका लागि संगित’ भन्दै पोखराका पर्यटन व्यवसायीले आयोजना गरेको सांगीतिक कार्यक्रम स्थगित भएको छ । भारी वर्षाका कारण कार्यक्रम स्थगित भएको आयोजकले बताएको छ । रोकिएको कार्यक्रम शनिबार दिउँसो एकबजे पुनः सुरु हुनेछ । आयोजक पोखरा पर्यटन पुनर्जागरण समिति (पिटिआरसी) का इभेन्ट संयोजक गोपिबहादुर भट्टराइले वर्षादका कारण सुरु भएको कार्यक्रम बीचमै रोक्नुपरेको बताए । उनले शनिबार दिउँसो एकबजे अम्बोटमै सोही कार्यक्रम हुने पनि बताए । शनिबारको कार्यक्रममा पनि सबै कलाकार रहनेछन् । शुक्रबार बेलुकी ६ देखि रातीसम्म लेकसाइडस्थित अम्बोटमा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम थालनीसँगै कलाकारले आफ्नो प्रस्तुती सुरु गर्नासाथ भिषण वर्षा सुरु भएको थियो । ‘कार्यक्रम सुरुवातसँगै पानी परेपनि केहिबेर रोकिएको थिएन । तर पछि सुचारु गर्न सक्ने अवस्था रहेन’ उनले भने, ‘त्यहि भएर कार्यक्रम स्थगित गरेका हौ । कार्यक्रम भव्य रुपमा चलिरहेको बेला भिषण वर्षाका कारण रोक्नुप¥यो । भूकम्पबाट शिथिल भएको पर्यटन क्षेत्र उकास्न शुक्रबार पोखरामा सांगीतिक कार्यक्रम गरिएको छ । राष्ट्रिय भाव झल्किने गरि शुक्रबार बेलुकी सांगीतिक कार्यक्रम भएको थियो ।  ‘पूनर्जागरणका लागि संगीत’ भन्दै पोखरा पर्यटन व्यवसायीले राष्ट्रिय र स्थानीय कलाकारको सहयोगमा सांगितिक कार्यक्रम गरेका थिए । पोखरा पर्यटन पुनर्जागरण समिति (पिटिआरसी) का इभेन्ट संयोजक गोपीबहादुर भट्टराइका अनुसार भूकम्पको असर कम गर्नका लागि राष्ट्रिय कलाकारको साथमा कार्यक्रम गरिएको हो । शुक्रबार बेलुकी ६ देखि रातिसम्म लेकसाइडस्थित अम्बोटमा सांस्कृतिक कार्यक्रम भएको थियो । कार्यक्रमको सुरुवातसँगै पानी परेपनि कार्यक्रम रोकिएको थिएन । हल्लनचोकमा कलाकार भेला गराएर नेपालको झण्डा बोकेर शान्तपूवर्क अम्बोट पुगेर कलाकार समूहले कार्यक्रम पस्केका थिए । सांस्कृतिक कार्यक्रमका सहभागी कलाकारले राष्ट्रिय भाव सहितका गीत तथा सांगीतिक कार्यक्रम मात्र प्रस्तुत गरेका थिए । मनोरञ्जनात्मक भन्दा पनि राष्ट्रिय भावले ओतप्रोत सांगीतिक कार्यक्रम गरेर पोखरालाई सक्रिय बनाउन खोजेको उनले बताए । कार्यक्रममा कलाकारहरु आस्था राउत, धर्मेन्द्र सेवान, प्राश्ना शाक्य, भुवन केसी लगायतले विशेष कार्यक्रम प्रस्तुत गरेका थिए । नेपाली चलचित्रका महानायक राजेश हमाल पनि सहभागी भएका थिए । कार्यक्रमको सुरुवात पोखराको लक्ष्य ब्याण्डले विशेष धुनबाट थालनी भएकोे थियो । कार्यक्रमलाई खुश्वु प्रधानले संचालन गरेकी थिइन । गायक गायिकाले आफुहरुले गाएका मनोरञ्जात्मक गितको सट्टा राष्ट्रिय भाव झल्कने गीतसंगीत प्रस्तुत गरेका थिए । राष्ट्रियतासँग सम्बन्धित गीत गाएर पोखरेलीलाई एकीकृत बनाउने प्रयास गरेको संयोजक भट्टराइले बताए । पोखराको पर्यटन क्षेत्र उकास्नका लागि फिल्मकर्मीदेखि कलाकार झिकाएको उनले बताए । भूकम्पको कम्पन र त्रासका कारण सिंगो मूलूक नै निराश भएको बेला मनोरञ्जनात्मक गतिविधि नगरि राष्ट्रियता झल्कने गतिविधि मात्र गरेको उनले बताए । विशेष पाहुनाको रुपमा रहेका नायक हमालले भूकम्पको पीडा बिर्साउन यस्ता कार्यक्रम जरुरी रहेको बताए । उनले यस्ता सांगीतिक कार्यक्रमले त्रास र पीडामा रहेका नागरिकलाई भूकम्प अघिकै अवस्थामा फर्काउन सघाउने बताए । नेपालको झण्डा र पूनर्जागरणका लागि संगीत लोगो अंकित टिसर्ट लगाएका युवायुवती कार्यक्रममा सहभागी थिए । पोखराका पर्यटन व्यवसायी सम्मिलित पिटिआरसीले भूकम्पपछि पूनरुत्थानका विभिन्न कार्यक्रम गर्दै आएका छन् । योगशिविर र क्षमापूजा गरेका व्यवसायीले सांगीतिक कार्यक्रम सकिएपछि अन्य प्रवद्र्धनात्मक गतिविधि चलाउने पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले बताए । पोखरामा यतिबेला पर्यटक शून्य भएकोले अहिलेको डर त्रास कम गर्न यस्ता कार्यक्रम जरुरी रहेको उनले बताए ।

Post a Comment

 
Top