गोल्डेन न्यूज संवाददाता
आठौं गणतन्त्र दिवसको अवसरमा आयोजित धर्मनिरपेक्षता र बुद्ध धर्म बिषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । सचेतना समाज पोखराद्वारा आयोजित कार्याक्रममा बुद्ध धर्म सम्बन्धी अद्येता टी.बी. पुन मगरले बुद्ध धर्मको दर्शन संसारभर फैलिएको भए पनि बुद्ध धर्मलाई अहिले पनि राज्यसक्ताले प्राथमिकतामा नपारेको चर्चा गरेका छन् । उनले भने ५०÷५५ बर्ष देखि राज्यसक्ताले हिन्दूधर्मलाई अंगिकार गरेकोले बौद्ध धर्मबाट बिमुख भएको बताए । सो अवसरमा बोल्दै अधिवक्ता तिलक पराजुलीले राजनीतिक नेतृत्वको आचरण र निष्ठा नभएको कारण गणतन्त्रलाई संस्थागत हुन नसकेको र पश्चिमाहरुले लोभलालच देखाएर हाम्रो धर्म संस्कृति मास्न खोजेको आरोप लगाए । सचेतना समाजका संस्थापक अध्यक्ष नवदत्त ढुङ्गानाले राज्यले सम्पुर्ण धर्मलाई समान संरक्षण गर्नुपर्ने बताए । अधिवक्ता भूपनीधि पन्तले धर्मनिरपेक्षताको अवधारणा पश्चिमा मुलुकबाट आएको भए पनि उनीहरुले नै अन्य धर्मलाई होच्चाउने काम गरेकाछन् । शुसाशनका लागि नागरिक समाजका अध्यक्ष पुण्य पौडेलले संचार माध्यमले सबै धर्मलाई प्राथमिकताका साथ प्रचार गर्नुपर्ने बताए । स्वतन्त्र पकार संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाले धर्मनिरपेक्षता भित्र कसैलाई लाभ लालचमा पारेर प्रचार–प्रसार गर्न नहुने बताए । आदर्शसमाजका प्रमुख ब्यवस्थापक दुर्गा बाँस्तोलाले धार्मिक सहिष्णुताको खाचो रहेको बताईन । स्वतन्त्र पत्रकार संघका पार्षद उमाकान्त शर्माले धर्मनिरपेक्षता भने पनि धार्मिक हस्तक्षेप बढेको बताए । सचेतना समाजका सदस्य लेखबहादुर थापाले गणतन्त्र र धर्मनिरपेक्षता भए पनि मनपरितन्त्र बढेको छ भने । नागरिक समाजका अध्यक्ष रामबहादुर थापाले धर्मका नाममा भएको पश्चिमाहरुको हस्तक्षेप रोकिनु पर्ने बताए । महिला अधिकारकर्मि माया गुरुङले बुद्ध धर्मको दर्शनले मूर्तिपुजालाई मान्यता नदिएको बताईन । नागरिक समाजको तर्फबाट गोकुल बहादुर कार्कीले धर्मनिरपेक्षताको फाईदा पश्चिमाहरुले लिएको आरोप लगाए । सो अवसरमा सचेतना समाजका संयोजक सुरेन्द्र थापामगर अधिवक्ता द्वय दुर्गा भण्डारी र कृष्णकुमार श्रेष्ठ लगायतका बक्ताहरुले धर्म संस्कृती अतित्रमण गर्ने जो कोहीलाई पनि राज्यले नियन्त्रण गर्नुपर्ने बताए ।
Post a Comment