0
गोल्डेन न्यूज संवाददाता
कास्कीको लेखनाथ नगरपालिका वडा नं. २ मा रहेको लेखनाथ मेमोरियल बोडिङ स्कुलमा अङ्ग्रेजी वादविवाद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । कक्षा ५, ६ र ७ लाई नि.मा.वि. र कक्षा ८, ९ र १० लाई माध्यमिक गरी दुई तहमा विभाजित प्रतियोगितामा नि.मा.वि. तर्फ कक्षा ६ की मञ्जिला रानाभाट प्रथम, कक्षा ५ का सोविज भण्डारी द्वितीय, कक्षा ५ कै सुस्मिता रेग्मी तृतीय एवम् कक्षा ६ का रोनिश कुमालले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको विद्यालयकी निर्देशक राधिका भट्टराईले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन । त्यसैगरी माध्यमिकतर्फ कक्षा १० की प्रमिशा राणा प्रथम, कक्षा १० कै सुधन तिवारी द्वितीय, कक्षा १० का अभिषेक आचार्य तृतीय तथा कक्षा ८ का सुशिल रेग्मीले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । सो कार्यव्रmममा निर्णायकको रूपमा शिक्षकहरू गोपाल शाही र दिनेश रानाभाट माध्यमिकतर्फ र लक्ष्मी गुरुङ र अमृत पौडेल निम्न माध्यमिक तर्फ रहेका थिए । कार्यक्रम सञ्चालन शिक्षिका विनिता तिवारीले गरेकी थिइन् । वि.सं. २०६० सालमा सर्वसुलभ र गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता भन्ने मूल नाराका साथ स्थापित लेखनाथ मेमोरियलमा करिब ४ सय विद्यार्थी अध्ययनरत छन् ।

Post a Comment

 
Top