0
कास्कीको थुमाको डाँडा गा.वि.स. याङ्जाकोटमा मिलन युवा क्लवद्वारा सञ्चालन गरिएको २५५९औं बुद्ध जयन्ती मेला २०७२ सम्पन्न भएको छ । गत वैशाख १९ गतेबाट सञ्चालन भएको मेला वैशाख २२ गते सम्पन्न भएको हो । मेलामा भलिबल बास्केटबल लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ । जस अन्तरगत भलिबल प्रतियोगिता तर्फको प्रथम पुरस्कार ल्वाङ् घलेल युवा क्लवले जितेको छ भने द्वितीय पुरस्कार संरक्षण युवा क्लव घ्याम्राङले जितेको छ । यस्तै बास्केटबल तर्फ प्रथम पुरस्कार आयोजक मिलन युवा क्लबले जितेको छ भने द्वितीय पुरस्कार ताङ्तिङ युवा क्लबले जितेको छ । बिजेता टिमले क्रमशः नगद ३० हजार र २० हजार पुरस्कार तथा शिल्ड र मेडल प्राप्त गरेका छन । प्रतियोगितामा भलिबल तर्फ १४ र बास्केबल तर्फ १० टिमले सहभागिता जनाएको थियो । विजेता खेलाडीलाई एक समारोहका बीच सभासद यज्ञबहादुर थापाले पुरस्कार वितरण गरेका थिए । मेलाको पहिलो दिन गुरुङ फिल्म एशोसियशन नेपालका कलाकारहरु द्वारा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने दोस्रो दिन प्राचीन नेपालका कलाकार हरुकाले साँस्कृतिक प्रस्तुतिबाट दर्शकहरुले मनोरञ्जन लिएको मिलन युवा क्लब याङ्जाकोटका अध्यक्ष विकास गुरुङले जानकारी दिएका छन् । यसअघि मेलाको उदघाटन अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय प्रमुख लालप्रसाद गुरुङले गरेका थिए । ्यसैबीच मेलाकै अवसरमा मिलन युवा क्लब याङ्जाकोटका पुर्व कोषाध्यक्ष पत्रकार रोशनी गुरुङलाई नगद ५ हजार तथा सम्मान पत्र र दोसल्लाले सम्मान गरेको छ । याङ्जाकोट गाउँ र क्लबको विकासको लागि पत्रकारिताको माध्यमबाट पु¥याएको योगदानको उचित मुल्याङ्कन गर्दै सो सम्मान गरिएको क्लब अध्यक्ष विकास गुरुङले बताइ । पत्रकार गुरुङ हाल गण्डकी संचार गृहमा आबद्ध हुनुहुन्छ भने तमू संसार त्रैमासिकको पनि सम्पादक रहेका छन् ।

Post a Comment

 
Top