0
नेपाल विद्यार्थी संघ कास्कीले भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झनामा मंगलबार दीप प्रज्वलन गरेको छ । गणेशमान सिंह पार्कमा विद्यार्थीहरुको समूहले दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले नेवी संघलाई विपत्तीमा साथ दिन आग्रह गर्दै राहत र पुनःनिर्माणमा जुट्न आग्रह गरे । दीप प्रज्वलन कार्यक्रममा काँग्रेस नेता सोभियतबहादुर अधिकारी, जिल्ला सदस्य विरेन्द्रनारायण बिजु्क्छे, क्षेत्र नं. ३ का क्षेत्रीय सभापति शोभाचन्द्र बराल, नेवि संघका नेता मदनराज पौडेल, सुवर्ण जंग के.सी., आशिष गुरुङ, अशोककुमार शाह, गोपाल गुरुङ, राजेन्द्र बराल, शुशिल पौडेल, राजेन्द्र पौडेल, राजु ढकाल, किरण पौडेल, दीपक शर्मा लगायतका विद्यार्थीहरुले मृतकको आत्माले शान्ति पाओस भन्दै दीप प्रज्वलन गरेका थिए ।

Post a Comment

 
Top