गत वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिको पराकम्पमा परि मृत्यु हुनेहरुको आत्माको शान्तिको कामना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पोखरामा भूकम्प क्षमा शान्ति बराह महापूराण हुने भएको छ । पृथ्वीलाई शान्त पार्ने र भविष्यमा यस किमिमको दैवी प्रकोप नपरोस् भन्ने उद्देश्यले यहि जेठ १६ र १७ गते पोखराको बैदामस्थित डिहिकोपाटनमा बराह महापूराण गरिन लागेको हो । महापूराणका लागि वैदिक सनातन कर्मकाण्ड महासंघबाट १०८ जना पण्डितहरुको व्यवस्था निःशुल्क रुपमा गरिने भएको छ । महापुराणका बारेमा जानकारी दिन बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा भूकम्प क्षमा शान्ति बराह महापुराण समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार महापुराण सम्पन्न गर्न ५०१ मूल आयोजक समितिका साथै विभिन्न उपसमिति गठन गरिएको र महापुराण सम्पन्न गर्न १ लाख ५० हजार खर्च लाग्नेछ । पत्रकार सम्मेलनमा बोल्दै पण्डित समन्वय समितिका संयोजक इन्द्र प्रसाद पौडेलले नवग्रहमध्ये एक ग्रह पृथ्वी भएका कारण पृथ्वीमा किचिएर मृत्यु हुनेहरु स्वर्ग गएको बताए । उनले कास्की लगायतका विभिन्न जिल्लामा महापुराण संचालन गरिने लक्ष्य राखिएको स्पष्ट पारे । समितिका कोषाध्यक्ष नारायण पौडेलले महापुराणबाट बचेको रकम भूकम्प पीडितका लागि सहयोग स्वरुप दिइने जानकारी दिए । अर्का पण्डित गुरुदत्त पहारीले बराह महापुराणमा २४ हजार श्लोक रहेको र यस किसिमको महापुराण नेपालमा व्यास गुफामा गरिएपछि दोस्रो पटक पोखरामा हुन लागेको बताए । पञ्चपुराणमा श्रीमत भागवत, श्री वारह पुराण, श्री देवि भागवत, श्री गणेश पुरायण र श्री सूर्य पुरायण लगायत लघु रुद्री पर्दछ । पञ्चमहापुराणको आचर्ययोक्त पं.माधवशरण बाँस्तोलाले गर्ने छन् । महापुराणको तयारीका लागि कुँवरको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा दुर्गा पहारी, द्वितीय उपाध्यक्ष इन्दिरा गैरे, महासचिवमा गिरिराज पहारी, सचिव राजु बराल, सह–सचिव मिठुदेवी अधिकारी, कोषाध्यक्ष नारयणप्रसाद पौडेल, सह–कोषाध्यक्ष सुशिला पहारी रहेका छन् । त्यसैगरि पञ्चमहापुराणमा पण्डितहरुको व्यवस्था मिलाउनका लागि पं.इन्द्रप्रसाद पौडेलको संयोजकत्वमा पण्डित समन्वय समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा पं.गुरुदत्त पहारी, सदस्यहरु अग्नीधर तिमिल्सिना, मोतिप्रसाद ढुङ्गाना, कृष्णप्रसाद पहारी, लिलाधर पौडेल, रामजी पहारी रहेका छन् । पञ्चमहापुराणलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ । आर्थिक उपसमितिको संयोजकमा नारायण पौडेल, प्रचार–प्रसार उपसमितिको संयोजक गिरिराज अधिकारी, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा लोकराज पहारी, स्वागत उप–समिति संयोजकमा रामराज पहारी, खानेपानी व्यवस्थापन उपसमिति संयोजकमा बैदाम महिला विकास समूह, सुरक्षा उप–मसमिति संयोजकमा मोतिराज कोइराला, खाजा व्यवस्थापन उपसमिति संयोजक जगदम्वा आमा समूह, माला व्यवस्थापन उपसमिति संयोजकमा प्रगति दिदीवहिनी समूह, लक्ष्यदीप उपसमितिको संयोजकमा नमूना आमा समूह, पूजा सामाग्री प्रवन्ध उपसमितिको संयोजक ढोरबाराही दिदिवहिनी समूह, एक सय आठ कलश तथा तोरण व्यवस्थापन उपसमितिको संयोजकमा जरेवर उज्वल दिदी वहिनी समूह, युवा परिचालन उपसमिति संयोजकमा शंकर तिवारी, सरसफाई उपसमिति संयोजक रामेश्वर न्यौपाने रहेका छन् । पञ्चमहापुराणमा बराह पूजा, भूमि पूजा, लघुरुद्री, स्थानीय देवि देवताहरुको साथै पाञ्चायन देवीदेवताहरुको पूजा गरिने साथै लक्ष्यदीप प्रज्वलन गरिने संयोजक हिक्मतबहादुर कुँवरले जानकारी दिए ।
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
»
महत्वपूर्ण समाचार
» पृथ्वीलाई शान्त पार्न बराह महापुराणको तयारी
Subscribe to:
Post Comments (Atom)
Post a Comment