गोल्डेन न्यूज संवाददाता
पोखरा १४ जेठ ।
शहरी विकास मन्त्रालयले पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पदबाट विष्णु प्रसाद बाँस्तोलालाई अवकाश दिएको स्पष्ट पारेको छ । पोखरा उपत्यका नगरविकास समितिको तर्फबाट मन्त्रालयमा जानकारी माग गरेपछि मन्त्रालयको तर्फबाट सह–सचिव डा. महेन्द्र सुब्बाले बिहीबार नगर विकास समितिलाई नै पठाएको पत्रमा नेपाल सरकार, मन्त्री स्तरको निर्णयबाट २०७० वैशाख १३ गते बढीमा दुई वर्षका लागि बाँस्तोलालाई अध्यक्ष पदमा नियुक्त गरिएका कारण २०७२ वैशाख १२ गते बाँस्तोलाको पदावधि सकिएर अवकाश भैसकेको उल्लेख गरिएको छ ।
बाँस्तोलाले आफू नगर विकास समितिको अध्यक्ष कायम रहेको भन्दै मंगलबार समितिका कर्मचारीलाई आफ्नो कोठा सफा गर्न निर्देशन दिएको र बुधबार समितिको कार्यालयमा गएर अध्यक्षको कुर्सीमा बस्नुका साथै नगर विकास समितिको गाडी समेत लिएर हिंडेपछि उनका बारेमा कार्यालय भित्र र बाहिर समेत धेरै चर्चा चलेको थियो । यसैक्रममा बिहीबार पनि उनी कार्यालयमा गएको बेला एक जना प्रहरी अधिकृतले अध्यक्षको कुर्सीमा नबस्न र गाडी लिएर नहिंड्न आग्रह गरेको भएपनि बाँस्तोलाले वेवास्ता गरेपनि प्रहरीले नगर विकास समितिको गाडी नियन्त्रणमा लिएको छ । त्यस अघि मन्त्रालयबाट प्रेषित पत्रमा अवकाश भैसकेको व्यक्तिले पुनर्वहाली भयो भनि गैह्र कानूनी रुपमा नगर विकास समितिको साधन स्रोत दुरुपयोग गरि अख्तियारको समेत दुरुपयोग गरेकोले अविलम्व स्थानीय प्रशासनको सहयोग लिइ आवश्यक काम गर्न निर्देशन दिइएको छ ।
शहरी विकास मन्त्रालयका सचिव, पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक र कास्कीका प्रमुख जिल्ला अधिकारीलाई समेत बोधार्थ दिइएको उक्त पत्र प्राप्त भएपछि पोखरा उपत्यका नगर विकास समितिको तर्फबाट सदस्य सचिव सुरेन्द्र प्रसाद सिग्देलले जिल्ला प्रशासन कार्यालयर्लाई तत्कालै पत्र लेखि सहयोग माग गरेका थिए । उनको पत्रमा अध्यक्ष पदको म्याद समाप्त भएपनि बाँस्तोलाले आफू अध्यक्षमा पुनर्वहाली भएको बताएपछि मन्त्रालयमा आधिकारिकताका लागि पत्र पठाइएको र मन्त्रालयले बाँस्तोला पूर्व अध्यक्ष भैसकेकाले नगर विकास समितिको साधन, स्रोतको दुरुपयोग रोक्न र अख्यिारको दुरुपयोग रोक्न जिल्ला प्रशासन कार्यालयसंग सहयोग लिएर काम गर्न भन्ने निर्देशन प्राप्त भएकोले आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ । त्यसपछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको निर्देशनमा प्रहरीले बाँस्तोला चढ्दै गरेको सरकारी गाडी नियन्त्रणमा लिएको छ । हाल उक्त गाडी वडा प्रहरी कार्यालय बैदामको परिसरमा राखिएको र गाडीको चावी भने जिल्ला प्रशासन कार्यालयमा राखिएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताए । नगर विकास समितिको अध्यक्षमा पुनर्वहाली भएको दावी गरेका बाँस्तोला समेत त्यसपछि कार्यालयबाट बाहिरिएका थिए

Post a Comment