0
पोखरा डायविटिज एण्ड थाइराइड क्लिनिक प्रालिले पोखरामा सोमबारदेखि आफ्नो सेवा शुरु गरेको छ । विश्व थाइराइड दिवसको अवसर पारेर उक्त सेवा शुरु गसिरएको हो । क्लिनिक शुभारम्भको अवसरमा थाइराइड र डायविटिजका बिरामीहरुलाई निःशुल्क परीक्षण गर्नुका साथै औषधि समेत निःशुल्क वितरण गरिएको थियो । बिहीबार सम्म संचालन हुने शिविरमा जाने जो सुकैलाई पनि निःशुल्क सेवा प्रदान गरिने क्लिनिकका अध्यक्ष राजन श्रेष्ठले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । क्लिनिकमा डायविटिज तथा सुगररोग विशेषज्ञका साथै थाइराइड सम्बन्धी विशेषज्ञहरुले सेवा दिने भएकोले निःशुल्क स्वास्थ्य शिविरमा पनि तिनै विशेषज्ञबाट सेवा प्रदान गरिएको छ । हाल डायविटिज रोग विशेषज्ञ डा. सचित ढकालले बिरामीको स्वाथ्य परीक्षण गर्ने र डाइटिसियन विद्या कायस्थले बिरामीलाई परामर्श दिने गरेका छन् । थाइराइड र सुगरका बिरामीलाई पोखरामा नै सरल र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले संचालन गरिएको क्लिनिकमा प्रत्येक महिनाको १ पटक नेपालकै परिचित डा. अंशुमाला जोशीलाई बोलाएर बिरामीलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ । सोही अनुरुप यहि जेठ १५ र १६ गते डा. जोशी पोखरा आउने कार्यक्रम रहेको छ ।

Post a Comment

 
Top