0
गोल्डेन न्यूज संवाददाता
भवनसंहितालाई कडाइका साथ कार्यान्वयन गर्न विभिन्न क्षेत्रका विज्ञले सुझाएका छन् । ज्ञानतीर्थ समाजले आयोजना गरेको अन्तक्र्रियामा प्रा डा राजेश ढकालले सरकारले विगतमा भवन निर्माण आचारसंहिता कार्यान्वयन गर्न नसक्दा अहिले आएको भूकम्पले अधिकांश आवासीय तथा भवनका संरचना जोखिममा रहेको बताउँदै न्यूनीकरण गर्न संहितालाई क्रूरताकासाथ लागू गर्नुपर्नेमा जोड दिए । अन्तर्राष्ट्रिय क्षेत्रमा लामो समयदेखि विपत् व्यवस्थापनको अध्यापन गराउँदै आएका ढकालले प्राविधिकको सुझाव लिएर पुनःनिर्माणमा जुट्नुपर्ने आँैल्याए ।
प्रविधिविज्ञ अनिल पोखरेलले आगामी दिनमा असुरक्षित संरचना निर्माणमा प्रतिबन्ध गर्नुपर्ने बताए । ओम शान्ति राजयोगका गुरु रामसिंह ऐरले भूकम्पपछि उत्पन्न भएको असहज परिस्थितिले सर्वसाधारणले दबाएर राखिएको मनभित्रको भय, डर, चिन्ता आदिलाई उजागर गरी मनलाई सधैँ शान्त र खुसी राख्न धैर्य र साहसको विकास गर्नुपर्नमा जोड दिए । कार्यक्रम आयोजक संथाका अध्यक्ष विनोद डङ्गोलले बालबालिकाको मनोविज्ञानलाई सामान्यतर्फ फर्काउन ओम शान्ति राजयोगसँग सहकार्य गरी शनिबारदेखि एकसातासम्म शिविर सञ्चालन गर्न लागिएको जानकारी दिए । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमला, मनोवैज्ञानिक अनुप भण्डारी, शेरगम्स पब्लिक स्कुलका प्रअ रुद्र अधिकारीलगायतले भूकम्पका कारण अहिले समाजमा परेको नकारात्मक प्रभाव र यसले बालबालिका तथा शिशुमा पार्न सक्ने प्रभावलाई कम गर्नमनोरञ्जनात्मक तवरले सामान्य जीवन बिताउन पे्ररित गर्नुपर्ने विचार व्यक्त गरे ।

Post a Comment

 
Top