गोल्डेन न्यूज संवाददाता
नोभेल एकेडेमी न्यूरोड पोखराको आयोजनामा एमबिए प्रथम सेमेष्टरका विद्यार्थीका लागि ‘एक्सीलेन्स थ्रु मेनेजमेन्ट एजूकेशन’ नामक ओरियन्टेसन एवं सेमिनार सम्पन्न भएको छ । फूलबारी रिर्सोटमा सम्पन्न कार्यक्रमको उद्घाटनमा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले शिक्षाले वर्तमान प्रतिस्पर्धी बजारमा उत्कृष्टता हासील गर्न सक्षम बनाउने तर्फ जोड दिएका थिए । कार्यक्रमको प्रथम सत्रमा लाइफ कोच एवं मोटिभेटर रमन नेपालीले विभिन्न खेल तथा क्रियाकलापको माध्यमबाट समय व्यवस्थापन, सञ्चार, मानवस्रोत व्यवस्थापन, समूह कार्यका बारे प्रस्ट्याएका थिए । दोस्रो सत्रमा कार्यक्रमको मूल शीर्षक माथि थ्री एच मेनेजमेन्ट काठमाडौका सिइओ सोहनबाबु खत्रीले विशेष प्रस्तुति राखेका थिए भने तेस्रो सत्रमा वरिष्ठ ट्रेनर एवं कार्यक्रमका प्रमुख अतिथि विकल प्रसाद शेरचनले ‘चेन्ज योर ब्रेन–चेन्ज योर लाईफ्स डेस्टिनी’ शीर्षकमा आफ्नो प्रस्तुती राखेका थिए । एकेडेमीका प्रशासकीय प्रमुख पुरुषोतम पहारीको उपस्थितिमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि लगायतले विद्यार्थीहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरेका थिए भने कार्यक्रमको सञ्चालन व्यवस्थापन संकाय संयोजक दीपेन्द्र पहारीले गरेका थिए ।
Post a Comment