0

सोमबार डडेलधुराको मेलखर्कमा भएको बस दुर्घटना चालकको गम्भीर लापरबाहीले भएको प्रहरीले ठहर गरेको छ । ‘विपरीत दिशाबाट आउँदै गरेको मिनिट्रक क्रस गर्दा दुर्घटना भएको देखिएको छ’ डडेलधुराका प्रहरी नायव उपरिक्षक योगेन्द्र थापाले भने, ‘एकले अर्कोलाइ साइड दिंन खोज्दा दुर्घटना भएको हो ।’ दुबै गाडीका चालकको कमजोरीले गर्दा दुर्घटना भएको प्रारम्भिक छानबिनमा देखिएको उनले बताए । ‘तिव्र गतिमा रहेका गाडीका चालकले विचार नपु¥याउँदा अनाहकमा धेरैले ज्यान गुमाउनु परको छ’ उनले भने । घटना स्थलमा ज्यान गुमाउने ७ जना बाहेक उपचारका क्रममा थप २ जनाको मृत्यु भएको डडेलधुराका प्रहरी नायव उपरीक्षक थापाले बताए । ज्यान गुमाउने ८ जनाको सनाखत भएको छ भने १ जनाको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको ना५ख १६८५ नम्बरको यात्रुबाहक बस गाँखेत ८ नजिक दुर्घटनामा परि ज्यान गुमाउने मध्ये सनाखत भएका बैतडी श्रीकोटका १३ वर्षीय निरज जोशी, सोहि गाविसका महादेव भट्ट, डडेल्धुरा परशुराम नगरपालीकाकी २० बर्षिया रेखा धामी, गांखेत गाविस डडेल्धुराका ६१ बर्षिय डम्वर कामी, अमरगढी नगरपालीका १ मालमका जगन्नाथ तमोली, अमरगढी नगरपालीका ३ की ३५ बर्षिया सरस्वती पल्ली, दार्चुला अपि नगरपालीकाकी ५५ बर्षिया परुली धामी र बैतडी देउलेकका १९ बर्षिय पुष्कर कार्की रहेका छन् । उपचारका लागि कैलालीको पदमा अस्पताल लगिएका मध्ये गम्भीर ११ जना लाई अस्पतालले उपचारका लागि भारत रिफर गरेको छ । प्रहरीले दुर्घटनाका बिषयमा थप अनुसन्धान गरि आवश्यक कार्वाही अगाडी बढाउने जनाएको छ । वस चालक रामसिंह नायक गम्भिर घाईते भइ उपचारका लागि भारत लगिएका छन् भने मिनी ट्रकका चालक प्रेम घर्तिमगरलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।घाइते भन्छन–चालक कै लापर्वाही‘बिपरित दिशाबाट ट्रक आउँदा चालक अत्तालिएर बस नियन्त्रण गर्न नसकी घुम्ती कटाउन सकेन’ दुर्घटनामा घाइते भएका मनोज खडायतले भने, ‘बसका पछाडीका चक्का  भीरतिर गए, बस पल्टियों, म हाम फालेर बाँचें ।’ उनले चालकको ड्राइभिङ क्षमता कमजोर भएकोले दुर्घटना भएको बताए । बैतडी घर भएका घाईते  दिब्यदेव कलौनीले चालक कुशल नभएर दुर्घटना भएको बताए । ‘न त उकालोरओरालो, न साघुरो मोड नै थियो’ उनले भने, ‘सामान्य मोड कटाउन नसक्ने चालक कै कारण दुर्घटना भएको भन्न सकिन्छ ।’ उनले बिपरित दिशाबाट आएको ट्रक आफनै साईडमा रहेको बताए । ‘बस आफनै साईडबाट तल भिरमा खस्यो’ उनले भने, ‘भिरको एक रुखमा केही समय बस रोकिन पुग्दा धेरै यात्रुको ज्यान जोगिएको हो ।’ उनले आफु पनि त्यसैबेला बसबाट हाम फालेर जोगिएको बताए । महेन्द्रनगरबाट २ महिनाको छोरी साथमा लिएर दार्चुला घर जान लागेकी सिन्धु धामीले बस भिरमा अड्किएको अवस्थामा बाहिर निस्केर बचेको बताइन । ‘दुई महिनाको छोरी काखमा च्यापेकि थिए’ उनले भनिन,–‘भगवानले दुवैलाई बचायो ।’

Post a Comment

 
Top