0
रेडियो जननी र पद्मावती हस्तकला उद्योगको संयुक्त आयोजनामा पोखरामा रहेका भूकम्प प्रभावितहरुका लागि छ्वाली सम्बन्धी सीपमूलक तालिम सुरु भएको छ । नयाँबजार स्थित तमु धिं नेपालमा रहेका भूकम्प प्रभावितहरुलाई लक्षित गरि आयोजित तालिमको उद्घाटन गर्दै पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी  अधिकृत ओमराज पौडेलले भूकम्पका कारण देशका प्रत्येक नागरिक पिडामा रहेको भन्दै पिडालाई बिर्सदै सम्हालिएर अघि बढ्नुपर्नेमा जोड दिए । पोखरा उपमहानगरपालिकाका वातावरण शाखाका प्रमुख निर्मलमानसिंह भण्डारीले गाँउघरमै उपलब्ध कच्चापदार्थको प्रयोग गरि चकटी, गुन्द्री लगायत बुन्ने परम्परागत सीप हराएको महसूस भएको अवस्थामा भूकम्प प्रभावितहरुलाई लक्षित गर्दै आयोजना गरिएको यो तालिमले परम्परागत सीपको संरक्षणमा टेवा पुग्ने बताए । कार्यक्रममा रेडियो जननीका अध्यक्ष हिरा भट्टराइ,  रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारी, तमु धिं नेपाल कास्कीकी विदेश विभाग प्रमुख सरस्वती गुरुङ्ग लगायतले बोलेका थिए । तालिममा १ सय १८ जना सहभागी छन् ।

Post a Comment

 
Top