गोल्डेन न्यूज संवाददाता
वैदिक सनातन कर्मकाण्ड महासंघ कास्कीले पञ्चमहापुराण गर्ने भएको छ । पोखरा उपमहनगर पालिका वडा नं.६ का स्थानीय वासीको सहयोगमा जेठ १७ गते उक्त पञ्चमहापुराण हुने भएको हो । महाभूकम्बाट ज्यान गुमाएका मृतआत्माको चिरशान्तिको कामना घाईतेहरुको शीघ्रस्वास्थय लाभको कामना गर्ने उद्देश्यले पञ्चमहापुराण गर्न लागिएको आयोजकले जनाएको छ । पञ्चपुराणमा श्रीमत भागवत, श्री वारह पुराण, श्री देवि भागवत, श्री गणेश पुरायण र श्री सुर्य पुरायण लगाएत लघु रुद्री पर्दछ । पञ्चमहापुराणको आचर्ययोक्त पं.माधवशरण बाँस्तोलाले गर्ने छन् । पञ्चमहापुराणलाई सफल बनाउनका लागि एक भेलाले हिक्मतबहादुर कुँवरको अध्यक्षतामा एक सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा दुर्गा पहारी, द्धितीय उपाध्यक्ष इन्दीरा गैरे, महासचिवमा गिरिराज पहारी, सचिव राजु बराल, सहसचिव मिठुदेवी अधिकारी, कोषाध्यक्ष नारयणप्रसाद पौडेल, सहकोषाध्यक्ष सुशिला पहारी रहेका छन् ।त्यसैगरि पञ्चमहापुराणमा पंण्डीतहरुको व्यवस्था मिलाउनका लागि पं.इन्द्रप्रसाद पौडेलको संयोजकत्वमा पण्डित समन्वय समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा पं.गुरुदत्त पहारी, सदस्यहरु अग्नीधर तिमिल्सिना, मोतिप्रसाद ढुङ्गाना, कृष्णप्रसाद पहारी, लिलाधर पौडेल, रामजी पहारी रहेका छन् । पञ्चमहापुराणलाई व्यवस्थित गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ । आर्थिक उपसमितिको संयोजकमा नारायण पौडेल, प्रचार–प्रसार उपसमितिको संयोजक गिरिराज अधिकारी, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा लोकराज पहारी, स्वागत उप–समिति संयोजकमा रामराज पहारी, पानी व्यवस्थापन उपसमिति संयोजकमा असिलाल चौधरी, सुरक्षा उप–मसमिति संयोजकमा मोतिराज कोइराला, खाजा व्यवस्थापन उपसमिति संयोजक जगदम्वा आमा समूह, माल व्यवस्थापन उपसमिति संयोजकमा प्रगति दिदिवहिनी समूह, लक्ष्यदीप उपसमितिको संयोजकमा नमूना आमा समूह, पूजा सामाग्री प्रवन्ध उपसमितिको संयोजक ढोरबाराही दिदिवहिनी समूह, एक सय आठ कलश तथा तोरण व्यवस्थापन उपसमतिको संयोजकमा जरेवर उज्जल दिदि वहिनी समूह, युवा परिचालन उपसमिति संयोजकमा शंकर तिवारी, सरसफाई उपसमिति संयोजक रामेश्वर न्यौपाने रहेका छन् । पञ्चमहापुराणमा वराह पूजा, भूमि पूजा, लघुरुद्री, स्थानीय देवि देवताहरुको साथै पाञ्चायन देविदेवताहरुको पुजा गरिने साथै लक्ष्य दिप प्रज्वलन गरिने संयोजक हिक्मतबहादुर कुँवरले जानकारी दिए ।पूजामा एक सय बढि पण्डितले पूजा तथा पाठ पारयण गर्ने जनाईएको छ । पञ्चमहापुराण विशेषता महाभूकम्पबाट ज्यान गुमाएका मृतआत्माको चिर शान्तिको कामानको साथै घाईतेको शीघ्र स्वास्थ्य लाभको कामनाका लागि गरिएको हो संयोजक कुँवरले भने–यो अलवा पूजामा उठेको यज्ञ शेष भूकम्प पीडितलाई राहत स्वरुप दिईने लक्ष्य राखिएको छ । वैदिक सनातन कर्मकाण्ड महासंघ कास्कीका अध्यक्ष लेखनाथ न्यौपानेको विशेष आतिथ्यतामा भएको उक्त भेलाको अध्यक्षता पंं.इन्द्रप्रसाद पौडेलले गरेका थिए ।
Post a Comment