कास्कीको काहुँडाँडास्थित काहुँकोटमा ८० फिट अग्लो बुद्धको मूर्ति बनाइने भएको छ ।उक्त ठाउँमा यशोधरा वाटिका पनि निर्माण गरिनेछ । पोखरालाई पर्यटकीय एवम् धार्मिक रुपमा विकास गर्ने उद्देश्यले उक्त निर्माण कार्य गरिने बताइएको छ ।करिब १७० रोपनी जमिनमा निर्माण गरिने उक्त यशोधरा वाटिकास्थलमा यशोधराको प्रतिमा, ध्यान केन्द्र, बुद्ध दर्शनसम्बन्धी पुस्तकालय र गेष्ट हाउससमेत निर्माण गरिने निर्माण समितिका संयोजक रुद्रकुमारी तमुले जानकारी दिनुभयो । रासस
Home
»
Flash
»
पछील्ला समाचार
»
पोखरा सेरोफेरो
» कास्कीको काहुँडाँडामा असी फिट अग्लो बुद्धको मूर्ति बन्ने
Subscribe to:
Post Comments (Atom)
Post a Comment