गोल्डेन न्यूज संवाददाता
सूर्यचन्द्र विकास समाज, मालेपाटन पोखराले आफ्नो मुखपत्र वार्षिक स्मारिका प्रकाशन गरेको छ । अंक ४ रहेको स्मारिकाको विमोचन गर्दै पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. देवेन्द्रबहादुर लामिछानेले सूर्यचन्द्र विकास समाज समयको पछि लागेको बताउँदै समाजले वर्तमान समय चिनेकोमा खुसी ब्यक्त गरेका थिए । पुस्तक एउटा शैक्षिक सामग्री भएकाले हरेक अंक पठनीय बनाउन सुझाव दिएका थिए । समाजका अध्यक्ष वसन्तराज भण्डारीको अध्यक्षतामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा डा. यदुनन्दन उपाध्यायले जिल्ला भरिको पहिचानलाई राष्ट्रिय स्तरको बनाउन सस्थालाई अग्रणी भूमिका खेल्न अनुरोध गरेका थिए । समाजका महासचिव केदार कोइरालाको सञ्चालनमा रहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य समाजका उपाध्यक्ष गायत्री भूत्र्यालले गरेकी थिइन् । गणतन्त्र दिवसको समेत अवसर पारेर आयोजना गरेको उक्त पुस्तक प्रकाशन र विमोचन कार्यक्रममा गैह्रसरकारी सस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले पुस्तकमा अभिभावकको दायित्व, गीत, कविता, यात्रा सस्मरण, स्थानीय संघ सस्थाको नामावली प्रकाशन गर्न सूर्यचन्द्र विकास समाजलाई अनुरोध गरेका थिए । कार्यक्रममा स्रष्टाको तर्फबाट नारायण बाँस्तोला (श्रमजीवी)ले सूर्यचन्द्र समाजको कार्यक्रममा सहभागीहरुको उपस्थितिले नै समाजको भविष्य उज्वल रहेको धारणा ब्यक्त गरेका थिए । पुस्तक प्रकाशनका संयोजक समेत रहेका समाजका अध्यक्ष वसन्तराज भण्डारीले समाजले धेरै विषय सिक्न बाँकि रहेको उल्लेख गर्दैै अन्य समाजसंग हातेमालो गरेर अगाडि बढ्ने धारणा ब्यक्त गरेका थिए । १ सय ४ पृष्ठ रहेको उक्त स्मारिकाका सम्पादक धनबहादुर नेपाली रहेका छन् ।
Post a Comment