0
बैशाख १२ मा गएको महाभुकम्पबाट कास्कीमा कार्यरत कम्तिमा २७ जना पत्रकार पीडित भएका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखाले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार पोखरास्थित विभिन्न सञ्चार माध्यममा कार्यरत २७ पत्रकारको घर परिवारमा क्षति पुगेको छ । प्राप्त जानकारी अनुसार गोल्डेन न्यूज दैनिकमा कार्यरत पत्रकार हरि पन्तको आगिन्चोक–३, धादिङस्थित घर भुकम्पका कारण बस्नै नमिल्ने गरि भत्किएको छ भने सोही ठाउँका अन्य सम्पूर्ण घरहरु पूर्णरुपमा क्षति भएका छन् । त्यहाँका वासिन्दाहरु घर छाडेर अन्यत्रै बस्न बाध्य भएका छन् भने सम्पूर्ण खाद्यसामाग्री पुरिएका कारण राहतको पर्खाइमा रहेपनि बिहीबार दिउसोसम्म कुनैपनि निकायबाट राहत पाउन सकिरहेका छैनन् । यसैगरी गोल्डेन न्यूज दैनिकमै कार्यरत कृष्ण तिमिल्सिना र निरज बजगाइँको घरमा समेत भुकम्पले क्षति पु¥याएको छ ।भुकम्पले देशभर ठूलो मानवीय क्षति पु¥याएपनि कास्कीमा कार्यरत सञ्चारकर्मीमध्ये कसैले मानवीय क्षति बेहोर्नु नपरेपनि ठुलो मात्रामा भौतिक क्षति बेहोर्नु परेको महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले बताए । कास्कीमा तीन २० भन्दा बढी सञ्चारकर्मी कार्यरत छन् । अध्यक्ष ज्ञवालीका अनुसार नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य रुद्रप्रसाद भट्टको धादिङ्ग मैदी स्थित घर पूर्णरुपमा क्षति भएको छ । आदर्श समाज दैनिक र बिग एफ एममा कार्यरत धादिङ्ग मूलपानी–७ का रञ्जन अधिकारीको दुई वटा घर, विग एफएमका समाचार प्रमुख माधव पनेरुको लमजुङ भलायखर्क स्थित घर, आदर्श नेपाल दैनिकका व्यवस्थापक सौगात संघर्षको पृथ्वीनारायण नगरपालिका–४ गोर्खाको घर, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष रामप्रसाद तिमिल्सिना र कार्य समिति सदस्य दिनानाथ बरालको  पनि भुकम्पबाट घरमा ठूलो क्षति भएको छ । यसैगरी इमेज टेलिभिजन र रेडियो बाराहीका पत्रकार प्रदिप पौडेलको पवर्त ज्ञाती स्थित घर बसोबास गर्न नमिल्ने गरी भत्किएको छ भने कास्की आवाज दैनिकका सम्पादक हुमबहादुर तमुको पर्वत भंगेरामा रहेको घरपनि काम नलाग्ने भएको छ । त्यसैगरी आविष्कार दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकाल, हिमदूत दैनिकमा कार्यरत पत्रकार अच्युत कट्टेल, गण्डकी मिडिया हाउसमा कार्यरत पत्रकारहरु एलपी बन्जरा, राज शर्मा, लक्ष्मी सुनार, राजकुमार ढकाल र फेवा टेलिभिजनमा कार्यरत पत्रकार टिकाप्रसाद अमगाईको घर भत्किएका छन् । यी सबै पत्रकारको घर गोर्खा जिल्लामा पर्छ । त्यस्तै हिमदूत दैनिकमा कार्यरत पत्रकार केदार धमला, रेडियो जननीमा कार्यरत पत्रकार मिना रानाको घर पनि भूकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उनीहरु धादिङ्गका स्थायी बासिन्दा हुन् । त्यस्तै गरी गोल्डेन आइ टेलिभिजनमा कार्यरत पत्रकारद्वय सन्तोष अधिकारी र प्रभु अधिकारी, रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथक, गण्डकी टिभीमा कार्यरत पत्रकार जगन्नाथ पौडेल, रेडियो बाराहीमा कार्यरत पत्रकार राजन उपाध्याय, बिग एफएममा कार्यरत तारा पौडेलको घर भत्किएको छ । भुकम्प कै कारण प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष श्रीराम सिग्देलको गोठ भत्किएको छ । प्रारम्भिक अध्ययनबाट कास्कीका २७ पत्रकारले भुकम्पबाट क्षति बेहोरेको बताउँदै महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले यो संख्या अझै बढ्न सक्ने बताए । “महाभुकम्प बाट ८० लाख नेपाली प्रभावित हुँदा कोही पनि अछुतो रहन पाएनन्, सञ्चारकर्मी पनि पीडामा परेका छन् ।’ अध्यक्ष ज्ञवालीले भने–“पीडितलाई यथाशीघ्र राहत र क्षतिपूर्ति उपलब्ध गराउन राज्यको ध्यानाकर्षण गर्न चाहन्छौं ।’ अध्यक्ष ज्ञवालीले श्रमजीवि पत्रकारको पीडा महसूस गरेर उचित क्षतिपूर्ति दिन राज्यसंग माग गरेका छन् ।

Post a Comment

 
Top