0
 तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम तमुले पहिचान बनाको संविधान आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । तमुवान जागरण अभियान अन्तर्गत आयोजना गर्न लागेको पश्चिमाञ्चल स्तरीय बृहत मोटरसाइकल ¥यालीको तयारी बारे जानकारी दिन पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले पहिचान विनाको संविधान बनेपनि त्यो मान्ने नहुने बताए । उनले आफूको मुद्धा जातीय नभएको स्पष्ट पार्दै एकात्मक शासन ब्यवस्थाको अन्त्य र बहुसांस्कृतिक, बहुधामिर्म राज्य स्थापनाका लागि भएको बताए । ‘हामी जातीय राज्यको पक्षमा छैनौ तर पहिचान विनाको संविधान स्वीकार्य हुँदैन ।’ उनले भने उनले गुरुङ राज्यको पक्षमा नभएको भन्दै विभेदमा परेका समुदायका कारण नेपालमा संघीयताको आवश्यकता परेको बताए । उनले आदिवासी जनजातिका मुद्धा उनीहरुले मात्रै उठाउँदैमा सफलता प्राप्त नहुने भएकाले गैह्र आदिवासीहरुले पनि सहयोग गरेमात्रै अधिकार प्राप्त हुने बताए । दलहरुको वितृष्णाका कारण देशमा पून आदिवासी आन्दोलनको आवश्यकता खड्किएको दावी उनले गरे । जागरण अभियान अन्तर्गत बैशाख ११ गते पश्चिमाञ्चल क्षेत्रबाट बृहत् मोटरसाइकल ¥याली आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्याङ्जा, रुपन्देही, नवलपरासी, गोर्खा, चितवन, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, लमजुङ्ग लगायत जिल्लाका तमुहरुको सहभागिता रहने छ । ¥याली तीन स्थानबाट पोखरामा आइ सम्पन्न हुने तमु ह्युल छोँज धिं गुरुङ राष्ट्रिय परिषद पश्चिमाञ्चल क्षेत्रीय संयोजक लेफटिनेन्ट यमबहादुर तमुले जानकारी दिए । ¥याली स्याङ्जाको मिर्मिबाट वालिङ्ग, पुतलीबजार हुदै पोखरा, चितवनको मुग्लिङ्गबाट शुरु भई दमौली हँुदै पोखरा र पर्वतको कुष्माबाट पोखराको सभागृहमा आई भेला हुने उनले बताए । नयाँ बन्ने संविधानमा तमु जातिको पहिचान सहितको संघीयताको माग गर्दै उक्त ¥याली आयोजना गर्न लागिएको तमु ह्युल छोज धिं राष्ट्रिय परिषद कास्कीका अध्यक्ष दलबहादुर तमुले बताए ।

Post a Comment

 
Top