शुपतिनाथ मन्दिर दर्शन गरी भारत फर्किँदै गरेका ४५ तीर्थयात्री सवार बस बुधबार विहान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो ।१४ मृतक भारतको गुजरात प्रदेश अन्तरगत सुरेन्द्रनगर जिल्लाको होटुवान भन्ने स्थानका रहेको सशस्त्र प्रहरीले जनाएको छ ।मृत्यु हुनेहरुमा गणेश शंकर छतवारा, गणेश शिवा छतवारा, इश्वरी सामजी छतवारा, दलपत छतवारा, गंगाराम छतवारा, नरसिं प्रोपत छतवारा, जुस्वेन छतवारा छन् । यसैगरी कन्चनवेन छतवारा, सविता वेन छतवारा, गौरी वेन छतवारा, लिला वेन छतवारा, चम्पावेन छतवाराको पनि दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका बस सहचालक अल्फेज पटेल पनि होटुवान जिल्लाका हुन् । उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।अन्यको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेहरुको राजधानीका विभिन्न आठ अस्पतालमा उपचार भइरहेको छ ।घाइतेमध्ये मेघा अस्पतालमा चार जना, शिवज्योती अस्पतालमा आठ जना, सहीद मेमोरियलमा दुई जनाको उपचार भइरहेको छ । त्यस्तै नेपाल एपीएफमा एक जना, दीर्घायू अस्पतालमा चार जना, टिचिङमा सात जना तथा बयोधा र नर्भिक अस्पतालमा एक-एक जनाको उपचार भइरहेको छ ।दुर्घटनाको उद्दारमा नेपाल प्रहरी साथै सशस्त्र प्रहरीको एकसय ५० जनाको टोली खटेको थियो ।भारतीय तीर्थयात्री सवार दुई तले बस सडकबाट एक सय मिटर तल खसेको छ । .
Home
»
Flash
»
घटना दुर्घटना
»
पछील्ला समाचार
» धादिङ बस दुर्घटनामा मृत्यु भएका भारतीय तीर्थयात्री एउटै गाउँका
Subscribe to:
Post Comments (Atom)
Post a Comment