यसवर्षको स्व.जगन्नाथ सिग्देल हिमदूत पत्रकारिता पुरस्कार २०७१ बाट युवा पत्रकार ऋषिकान्त पौडेललाई बुधबार एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । स्वर्गीय पत्रकार जगन्नाथ सिग्देलका परिवारद्वारा स्थापित तथा नेपाल पत्रकार महासंघ कास्कीद्वारा संचालित पुरस्कारबाट पौडेललाई सम्मान गरिएको हो । विगत आठ वर्षदेखि पत्रकारितामा संलग्न पौडेलले कान्तिपुर टिभि लगायतका संचारमाध्यममा काम गरिसकेका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रहेका पोडेल हाल पोखरा हटलाइन दैीनकमा समाचार सम्पादक हुन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले पौडेललाई ११ हजार १ सय ११ नगद, सम्मानपत्र तथा दोसल्लाले सम्मान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टले नेपालका पत्रकारहरुको हातमा नियुक्ति पत्र नहुनु, समयमा तलब नपाउनु, बिदाको कुनै समय नहुनु जस्ता विडम्बना रहेकोमा दुख व्यक्त गरे । ‘नेपालका पत्रकारहरु बिरामी हुदाँ समेत चन्दा उठाएर उपचार गराउनुपर्ने अवस्थाबाट गुज्रिरहेका छन् ।’ विष्टले भने–‘मिडियालाई एउटा उद्योगको रुपमा स्थापना गरेर उद्योगहरुले प्राप्त गर्ने सुविधाहरु सबै पाउन सके यस्ता समस्या हटेर जाने छ ।’ पत्रकारहरुमा हामीले देखेको र हामीले ध्यान दिन नसकेको क्षेत्र भनेको पत्रकारहरुको क्षमता अभिबृद्धिको विषय हो ।’ उनले भने । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अझै पनि चुनौतीको घेरामा रहेको बताउँदै दलहरुलाई प्रक्रिया वा संवादको आधारमा गएर संविधान निमार्ण गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष अनिता विन्दुले पत्रकारहरुले व्यवसायिक चुनौतीका बाबजुत आफ्नो पेशालाई मर्यादित ढङ्गले अगाडि बढाइरहेको बताइन् । पुरस्कार छनोट समितिका संयोजक तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रि बिनोद प्रतीकले ५ वर्ष पत्रकारिता गरेका व्यक्तिलाई स्व.जगन्नाथ सिग्देल स्मृति पुरस्कारबाट सम्मान गरिने जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय उप–सभापति गंगाधर पराजुलिले पत्रकार पौडेलको चिनारी दिंदै सञ्चार माध्यमहरुको सवलीकरण र पत्रकारहरुको सुविधा नै अहिलेको चुनौती बनेको बताए । सम्मानित व्यक्तित्व पौडेलले आफूलाई जिम्मेवारी पूर्वक पत्रकारिता गर्ने हौसला मिलेको बताए । पौडेलले अबका दिनहरुमा समेत पत्रकारितालाई निरन्तरता दिएर राम्रो काम गर्ने उर्जा मिलेको समेत कार्यक्रममा बताए ।नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिलका सदस्य माधव शर्मा, एमाओवादी कास्कीका उपाध्यक्ष गंगा पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन संघका सचिव त्रिभुवन पौडेलले गरेका थिए ।
यसैबीच नेपाल पत्रकार महासंघको पश्चिमाञ्चल क्षेत्रीय भेला पोखरामा सम्पन्न भएको छ । पश्चिमाञ्चलको मनाङ्ग बाहेक १५ जिल्लाका महासंघका अध्यक्ष, सचिव, कोषाध्यक्षका साथै केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको उक्त भेलाको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले गरेका थिए । भेलामा सबै जिल्लाका अध्यक्षहरुले आ–आफ्नो शाखाको गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष अनिता बिन्दु, महासचिव उजिर मगर, क्षेत्रीय संयोजक हरिनारायण गौतम, कास्की शाखा अध्यक्ष रामकृष्ण ज्ञवाली लगायतले आ–आफ्नो भनाई राखेका थिए । यसैगरी बुधबार नै पोखरामा पत्रकारहरुको सुरक्षा र सेल्फ सेन्सरसिप सम्बन्धि गोष्ठी सम्पन्न भयो । त्यस अवसरमा नेपालमा पत्रकारहरुको सुरक्षा विषयमा लक्षमणदत्त पन्त, नेपाली सञ्चारमाध्यममा सेल्फ सेन्सरसिप विषयमा संगीता खड्का, सेल्फ सेन्सरसिप कारण र चुनौतीहरु विषयमा धमेन्द्र झा र सेल्फ सेन्सरसिप सम्बन्धि अनुभवका बारेमा बिनोद भट्टराईले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस अवसरमा युनेस्को प्रोजेक्टका क्रिस्चियन म्यानहार्ट, पत्रकार महासंघ केन्द्रीय अध्यक्ष महेन्द्र विष्ट, महासचिव उजिर मगर, कास्की शाखा अध्यक्ष रामकृष्ण ज्ञवाली र केन्द्रीय सदस्य सुस्मा पौडेल लगायतले सेल्फ सेन्सरसिपका बारेमा आ–आफ्नो भनाई राखेका थिए । भेलाले ११ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । घोषणा पत्रमा श्रमजीवी पत्रकार, पत्रकारिता पेशाक साथै संविधान निर्माण लगायतका विषयवस्तुहरु समेटिएको छ ।

Post a Comment