
डेमोक्र्याटिक पाटीकाे आधिकारिक प्रेस बिज्ञप्ति अनुसार कास्कीका
कास्कीको लेखनाथ नगरपालिका घर भई १० बर्षदेखि अमेरिकाको उत्तरी राज्य भर्जिनियामा बस्दै आएका तिवारीले औपचारिक रुपमा उम्मेदवारीको घोषणा छिट्टै गर्ने भएका छन् भने दूई पटकसम्म रिपब्लिकन दलका लेबनानी.अमेरिकन डेबिड रमादन बिजयी भएको सो क्षेत्रमा विजयी हुनका लागि उनले उठाएका शिक्षा ,स्वास्थ्य ,आवास ,विविधता आप्रवासन मुद्धाहरु निकै लोकप्रिय हुदै गएको छ । तिवारीको नाममा डेमोक्र्याटिक पार्र्टी भित्र सर्बसम्मत बने पछि आगामी जुन ९ मा हुने प्राथमिक चरणको निर्वाचनमा चुनाब नलड्ने भएपछि तिवारीले आगामी नोभेम्बरमा ३ मा मात्र अन्तिम चरणको निर्वाचनमा रिपब्लिकन दलसंग प्रतिस्प्रद्धा गर्ने भएका छन् ।
तिवारी आधिकारिक उम्मेदवार भएको उल्लेख गरेको छ । उनले आगामी जुन ९ मा हुने प्राथमिक चरणको निर्वाचन नलड्नु पर्ने भएको छ । तिवारीले भर्जि्नियाको निर्वाचन क्षेत्र ८७ बाट हाउस अफ डेलिगेटका उम्मेदवार हुन् भने तिवारीको नाममा दलको तर्फ सर्बसम्मत जुटेको छ । उक्त क्षेत्र रिपब्लिकन पार्टीका उम्मेदवारले पहिलो निर्वाचनमा करिब ५० मतको फरक र दोश्रो निर्वाचनमा १ सय ८७ मतले जितेका थिए । उक्त निर्वाचन क्षेत्र वाशिंगटन डिसी महानगर क्षेत्र वरपरका अन्य निर्वाचन क्षेत्र भन्दा अत्यन्तै प्रतिस्प्रद्धात्मक क्षेत्र मानिन्छ । करिब २५ प्रतिशत एसियाली मूलका मानिसको बसोबास रहेको सो क्षेत्रमा तिवारीले डेमोक्र्याटिक पार्टीको विभिन्न पदमा रही २००९ देखि काम गर्दे आएका छन् । सो क्षेत्रमा डेमोक्र्याटिक पार्टीको कोषाध्यक्ष भई कामगरेका तिवारी राष्ट्रपति बाराक ओबामाको चुनावी प्रचार प्रसारमा पनि सक्रिय सहभागिता जनाएका थिए ।
Post a Comment