पोखरा/पोखराको सहारा क्लवले संचालन गर्दै
आएको सहारा एकेडेमीमा थप ९ जना वालकहरु नयाँ शैक्षिक सत्र २०७२ बाट राखिने
भएको छ । कठिन परिस्थिती एवं विपन्न वर्गका बालकहरुको सहारा एकेडेमी पोखरा -
क्लवले केहि मापदण्डका आधारमा थप ९ जना वालकहरु राखिने जनाएको छ । १० देखि १२ सम्म भई कक्षा ५ देखि ७ सम्म अध्ययनरत भएका, कठिन आर्थिक अवस्था, बाबुआमा दुबै नभएको वा कुनै एकको मृत्यु भएको वा बुवा आमा क÷ख वर्गको अपाङ्गता भएको बालकको शारीरिक तन्दुरुस्ता लगायतको मापदण्ड पुरा भएका वालकहरुलाई एकेडेमीमा राखिने भएको अध्यक्ष आचार्यले बताए ।
१७, दोबिल्लामा हाल १२ जिल्लाका २१ जना वालकहरु रहेका छ भने ३० जनाको
क्षमता भएकोले यस नयाँ शैक्षिक सत्रमा थप ९ जना वालकहरु राखिने भएको क्लवका
अध्यक्ष विरभद्र आचार्यले बताए । क्लवले केहि मापदण्डका आधारमा थप ९ जना वालकहरु राखिने जनाएको छ । १० देखि १२ सम्म भई कक्षा ५ देखि ७ सम्म अध्ययनरत भएका, कठिन आर्थिक अवस्था, बाबुआमा दुबै नभएको वा कुनै एकको मृत्यु भएको वा बुवा आमा क÷ख वर्गको अपाङ्गता भएको बालकको शारीरिक तन्दुरुस्ता लगायतको मापदण्ड पुरा भएका वालकहरुलाई एकेडेमीमा राखिने भएको अध्यक्ष आचार्यले बताए ।
यस वर्ष भौगोलिक विकटताका द्वन्द पिडित,
तराई मधेश, पिछडिएका वर्गका बालकहरुलाई पहिलो प्राथमिकतामा राखिएको बालक
छनौट समितिका संयोजक केशवराज बरालले बताए । क्लवको मापदण्ड पुरा भएका
वालकहरुलाई कुनै व्यक्ति तथा संघ संस्थाले देखेको खण्डमा उनीहरुलाई
क्लवसम्म ल्याउन संयोजक बरालले आग्रह गरेका छन ।
विगत २०५८ सालबाट संञ्चालित सहारा एकेडेमी
हालको तेस्रो ब्याज हो । एकेडेमीमा रहेका वालकहरु सुविधा सम्पन्न भवनमा
हाल निशुल्क गाँस, बास र कपासको सुविधा लिई निरन्तर अध्ययन, फुटबल
प्रशिक्षण र अतिरिक्त क्रियाकलापमा समेत संलग्न छन ।
Post a Comment