विश्व कविता दिवस–२०७१ पोखरामा शनिबार मनाइएको छ । सधैंजसो साहित्यिक कार्यक्रम हुने पोखरामा विश्व कविता दिवसका कारण शनिबार पनि साहित्यमय बन्यो । त्यसमा पनि शनिबार पोखरा विशेष कविताले गुञ्जियो । पोखरा उद्योग वाणिज्य संघको ‘अमृत कक्ष’ विशेष कविका विशेष कविता सुन्न खचाखच थियो । अवशर थियो विश्व कविता दिवस । कविता सुन्ने माहौल बनाएको हो, पोखरेली युवा सांस्कृतिक परिवारले । दिउँसो साढे चार सुरु भई करिव साढे दुइ घण्टा चलेको विश्व कविता दिवस विशेष कवि गोष्ठी तथा समता काव्य सन्ध्या नयाँनयाँ स्वादका कविताले गुञ्जिएको थियो । कवि सुमन लम्सालको कविताबाट सुरु भएको कविता वाचन प्रमुख अतिथि बनेर आएका उपकुलपति विष्णु विभु घिमिरेका कवितासम्म आएर कार्यक्रम सकिएको थियो ।
विशेष कविता वाचनमा रीतु अधिकारी, सौगात पोख्रेल, मन क्षेत्री, गनेस पौडेल, शरण आँशु, लक्ष्मण थापा, रुपिन्द्र प्रभावी, मन क्षेत्री, सरस्वती श्रेष्ठ सरु, जीवन सागर भण्डारी, लालगोपाल सुवेदी, अमृत सुवेदी ‘गुराँस’, जे अस्मिता, ईश्वरमणि अधिकारी, सरस्वती प्रतीक्षा, तीर्थ श्रेष्ठ, तेजनाथ घिमिरे, मनोज न्यौपाने लगायतले कविता वाचन गरेका थिए ।
कवि तथा उपकुलपति विष्णुविभु घिमिरेले लामो समयको साधना र प्रयासबाट एउटा राम्रो कविता जन्मने बताए । ‘कवि बन्न सजिलो छैन, लहडले मात्र हुँदैन’ उपकुलपति घिमिरेले भने ‘कविताले उठाउनुपर्ने विषय र नयाँ पनका बारेमा कवि सचेत हुन जरुरी छ ।’ बर्तमान नेपाली साहित्यमा असल समालोचकको अभाव रहेको उनको भनाई थियो । उनले नेपाली साहित्यमा पोखराले राम्रो स्थान बनाएको बताए । ‘पोखराबाट धेरै राम्रा कवि जन्मिएका छन्’ घिमिरेले भने‘विषयवस्तु र निरन्तरता हुने हो थुप्रै कवि पोखराबाट जन्मन सक्ने संकेत देखिएको छ ।’ कवि तीर्थ श्रेष्ठले नेपाली कविताले लिएको बाटो र गति शक्तिशाली रहेपनि हामीमा साधना भन्दा पनि लहडले कवि हुनेको जमाथ ठूलो रहेको बताए । नेपाली कविता कुनैपनि हिसाबमा कमजोर नरहेको उनको भनाई थियो । ‘नेपाली कवितालाई कमजोर आँकलन गर्न मिल्दैन’ कवि श्रेष्ठले भने ‘कसैले अनुबाद नगर्दिएकै कारण नेपाली कविता विश्व साहित्य माझ पुगेन भन्न मिल्दैन ।’ पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा भएको गोष्ठीको संचालन सचिव अर्जुन अधिकारी र स्वागत प्रकाश ज्ञवालीले गरेका थिए । युनेस्कोले सन् १९९९ मा मार्च २१ लाई विश्व कविता दिवसको रुपमा घोषणा गरी सन् २००० मा औपचारिक रुपमा विशेष कार्यक्रम गरी सुरु भएको दिवस नेपालमा भने सन् २००२ देखि मनाउन सुरु गरीएको हो । पोखरेली युवा सांस्कृतिक परिवारले पनि विगत चार बर्षदेखि विश्व कविता दिवस मनाउन सुरु गरेको हो । परिवारले प्रत्येक महिनाको पहिलो शनिबार गर्दै आएको समता काब्य सन्ध्या पनि विशेष कवि गोष्ठी कै रुपमा मनाएको थियो ।

Post a Comment