0
पर्यटकीय नगरी पोखरामा वाटर बल खेल भित्रिएको तीन महिना पुग्दा सो खेलमा युवा जोडीहरुको आकर्षण बढेको छ । युवा उद्यमी तथा समाजसेवी वाटर बल खेलका संचालक गोविन्द लामिछानेका अनुसार हाल सो खेलमा पोखरेली युवा युवतीहरु जोडी बनेर आई रमाउने गरेका छन् ।
वाटर बलमा अहिले एक्लै एक्लै जोडीको रुपमा दुई जना र पारिवारिक रुपमा समेत एउटै बलभित्र बसी खेल्न सकिन्छ । अर्का संचालक नेपाल एयर लाइन्सका पाइलट समेत रहेका  संजय पौडेलका अनुसार सुरु(सुरुमा त्यो खेल प्रति त्यति चासो नदेखाएका व्यक्तिहरु समेत पछिल्लो क्रममा लेकसाइडको क्याम्पिङ चोकमा आई खेलको आनन्द लिने गरेका छन् ।
पोखरामा पर्यटकहरुको लागि नयाँ साहसिक खेल खोजी खोजी गर्ने अभियानमा पोखराको समग्र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले उक्त खेल व्यवसायिक रुपमा भित्र्¥याइएको बताउदै नेपालमै पहिलो पटक उक्त खेल पोखरामा ल्याइएको दाबि गरे । विदेश भ्र्रमणका क्रममा थाइल्याण्ड पुगेका पौडेलले नेपालमा यस खेलको सम्भावना देखेर उक्त खेल नेपालमा भित्र¥याएका हुन् । पोखरामा सफल प्ररिक्षण सँगै पर्यटकहरुको आकर्षण बन्दै आएको सो खेल लेखनाथको बेगनास ताल, चितवन, लुम्बिनी, काठमाडौं, विरगंज र जनकपुरमा समेत विस्तार गर्ने योजना रहेको उनले बताए । फेवातालको पूर्व पट्टि क्याम्पिङ चोक नजिकको तालमा हाल नयाँ प्रविधिका वाटर बलहरु ल्याएर खेल संचालन गरी रहेको कम्पनीले उक्त वाटर बल सुरक्षाको दृष्टिकोणले शत प्रतिशत सुरक्षित रहेको दाबी गरेको छ । उक्त वाटर बलमा १५ मिनेट देखि ३० मिनेट सम्म खेलेको प्रतिव्यक्ति स्वदेशीलाई ३०० र विदेशीलाई ५०० रुपैया शुल्क लिने गरेको संचालक गोविन्द लामिछानेले बताए । उक्त वाटर बलको हावा निकाल्नको लागि मात्र एक डेढ घण्टा लाग्ने भएकाले कुनै वस्तुले घोच्दैमा त्यसमा रहेको हावा सजिलै बाहिर नआउने हुँदा वाटर बल निकै सुरक्षित भएको पनि उनले बताए । हाल वाटर बल खेलको कम्पनीले एक्लै टिकट बुकिङ तथा बिक्री गर्दै आएको बताउदै उनले अबको एक हप्ता भित्र पोखराका सम्पूर्ण पर्यटकीय क्षेत्रसँग सरोकार राख्ने संघ संस्था तथा व्यवसायहरुसँग समन्वय गरी टिकट बिक्री कार्यलाई तीब्रता दिने उनले बताए

Post a Comment

 
Top