
नेपाल विद्यार्थी संघ कास्कीले एसएलसी परीक्षाका लागि यस अघि लिईदै आएको टेष्ट परीक्षा नलिन कास्कीका सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयहरुलाई आग्रह गरेको छ । नेविसंघ कास्कीका सभापति मदनराज पौडेलले एक बुधबार विज्ञप्ति प्रकाशित गरी सरकारले टेष्ट परीक्षा नलिने निर्णय गरेपनि कास्कीका केही विद्यालयहरुमा विद्यार्थीहरुको ढाड सेक्ने गरी परीक्षा लिएको भन्ने जानकारी आएकोले यस्तो परीक्षा रोक्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘विद्यार्थीहरुको ढाड सेक्नेगरी चर्को परीक्षा शुल्क लिई, एसएलसी परीक्षा दिनबाट नै विद्यार्थीहरुलाई बञ्चित गराउने गरी सेण्डअप परीक्षा लिईरहेको र लिने तयारीमा रहेको जानकारीमा आएकोले परीक्षा नगर्न आग्रह छ । यदि सञ्चालन गरे गराईएको पाएमा नेपाल विद्यार्थी संघ कास्की जस्तो सुकै मूल्य चुकाउन बाध्य हुने छ ।’ नेविसंघको विज्ञप्तिमा विद्यालयहरुले आफूहरुको आग्रहलाई बेवास्ता गरेर परीक्षा सञ्चालन गरे त्यसको सिर्जित समस्याको जिम्मेवार स्वयमं विद्यालयले लिनुपर्ने समेत बताईएको छ । विद्यार्थीहरुलाई मर्का पार्नेगरी लिईने एसएलसी सेण्डअप अर्थात टेष्ट परीक्षा रोक्न र नलिन पनि नेपाल विद्यार्थी संघ कास्कीले विद्यालय र सम्बद्ध संगठनहरुलाई अनुरोध गरेको छ ।
Post a Comment