
यसअघि पनि विद्यालयलाई प्रविधि सम्पन्न तुल्याउने अभियानका लागि कम्प्यूटर खरिद तथा इन्टरनेट जडानका लागि मिनवहादुर गुरुङको सकृयतामा ३ लाख रुपैयाँ संकलन गरि गौरीशंकर उ.मा.वि.लाई हस्तान्तरण गरिएको थियो ।
कास्कीको दुर्गम गाउंमा रहेको उक्त विद्यालयमा इन्टरनेट सुविधा सहितका १० वटा कम्प्यूटर संञ्चालन भई रहेको विव्यसका अध्यक्ष रामहरि गुरुङले जानकारी गराए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा विद्यार्थी, अभिभावक शिक्षक कर्मचारीहरुको वाक्लो उपस्थिति रहेको थियो ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामहरि गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा अतिथिहरु तमु धीँ यूकेका अध्यक्ष रामचन्द्र गुरुङ, निवर्तमान अध्यक्ष, कमल गुरुङ, उपाध्यक्ष्य नन्द जंग गुरुङ भूपू अध्यक्ष मुक्षेत्र गुरुङ, संस्थापक सल्लाहकार मिन प्रसाद गुरुङ, सल्लाहकार डिलराज गुरुङ, कृष्ण गुरुङ, व्यवसायी हर्क गुरुङ, भू.पु गोरखा समाजका सचिव भुषाल कँुंवर स्थानीय समाजसेवी पूर्ण गुरुङ वावुराम भण्डारी, वौद्ध सिर्जना युवा क्लवका अध्यक्ष रामवहादुर गुरुङ लगायतले सहयोग दाता प्रति धन्यवाद सहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक रक्षवहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
२०२८ सालमा स्थानीय शिक्षासेवी मनिलाल गुरुङको पहलमा स्थापित उक्त विद्यालय २०६५ सालमा उच्च मा.वि. भएको थियो । गाविसकै एकमात्र उच्च मा.वि.लाई जोगाउन स्थानीय वासीहरुले गरेको पहललाई सकारात्मक रुपमा हेरिएको छ ।
Post a Comment