
यसैबीच एक दिने उक्त उत्सवको उद्घाटन गर्दै नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले यस्ता उत्सव तथा सांस्कृतिक कार्यक्रममले नेवारी समुदायको कला संस्कृति झल्काउनुका साथै रानीपौवा क्षेत्रको समेत छुट्टै पहिचान बनाउन मद्धत पुगेको विश्वास व्यक्त गरे । उनले हाम्रो अस्तित्व र पहिचान संस्कारमा अडिएको छ भन्दै सबैखालका संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोडदिए । रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयना पालिखेले आफ्नो संस्कार, संस्कृतिको जर्गेना गर्नुपर्ने बताउँदै सामूहिक रुपमा यस्ता पर्वहरु मनाउनु पर्नेमा जोड दिईन । नेवाः मिसाः पुचः रानीपौवाका अध्यक्ष सिता ढेवाजुको अध्यक्षतामा भएको उद्घाटन सत्रमा मिसा पुच कास्कीका उपाध्यक्ष मेनका श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका सदस्य इश्वर कर्माचार्य, वडा नम्बर ११ का वडा सचिव भिमदेश शर्मा, अग्रज पत्रकार रविन्द्र बाँस्तोला, उत्सव संयोजक वकवली शाक्य, सचिव लीला राजभण्डारी लगायतले उत्सवको बारेमा चर्चा गरेका थिए ।
Post a Comment