0

पोखरामा बिहीबारदेखि आठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी २०७१ शुरु भएकोे छ । क्षेत्रीय कृषि निर्देशानलय पोखरा र कृषि ब्यवसाय प्रवद्धन कार्यक्रम हरिहर भवन ललितपुरको संयुक्त आयोजना शुरु भएको आठौं राष्ट्रिय प्राङगारिक कृषि मेलाको पोखराको प्रर्दशनी केन्द्र नयाँ बजारमा एक कार्यक्रमका बीच कृषि मन्त्री हरिप्रसाद पराजुलीले उद्घाटन गरे ।  मन्त्री पराजुललीले पछिल्लो समय युवाहरु कृषितर्फ आकर्षित हँुदै गएको भन्दै गत बर्ष ४ हजार युवालाई युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदान वितरण गरिएकोमा यस बर्ष ९ हजार युवा लाई अनुदान दिने भनिएकोमा २४ हजार युवाको आवेदन परेको बताए ।
मन्त्री पराजुलीले अब बैकहरुले किसानको लागि ६ प्रतिशत ब्याजमा कृषि ऋण प्राप्त गर्ने बताए । उनले भुमिहिन किसानको लागी पनि सरकारले पहाडमा ६० रोपनी जमिन र तराईमा साढे चार विगाह जमिन भाडामा लिइएर खेती गर्नेहरुको लागि जग्गाको भाडा सरकारले तिर्ने बताए ।
एमाओवादी सभासद तेज कुमारी पौडेलले सरकारले वास्तविक किसानको हितअनुरुप कृषि कार्यक्रम ल्याउन नसकेको बताउँदै साना किसानलाई पनि कार्यक्रममा सम्मेटनु पर्नेमा जोड दिंदै अहिलेको आवश्यकता भनेको अर्गानिक कृषि रहेको बताइन ।
क्षेत्रीय प्रशासक दिनेश कुमार थपलियाले क्षेत्रगत रुपमा प्राङगारिक क्षेत्र घोषणा गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
कृषि विभागका महानिर्देशक डाक्टर युवक ध्वज जिसीले पहिले पहिले रासायनिक मलको प्रयोगले उत्पादन बढ्छ भन्ने भए पनि त्यसको असर ठूलो भएकोले मानिसको स्वास्थ्यको लागि पनि प्राङ्गारिक उत्पादन अनिबार्य भएको बताए ।
मेलामा कृषकको उत्साहजनक सहभागिताले आफूहरुमा उर्जा थपिएको स्थानीय मेला व्यवस्थापन समितिका संयोजक एवं क्षेत्रीय कृषि निर्देशक लेखनाथ आचार्यले बताए । मेलामा प्राङ्गारिक कृषि गीत सम्बन्धी प्रतियोगिता, प्राङ्गारिक कृषि सम्बन्धि प्राविधिक सूचना एव प्रस्तुतिकरण, प्राङ्गारिक कृषि सम्बन्धमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुति, जेटीए र बुढी आमाको प्रहसन लगायतको कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
विहान क्षेत्रीय कृषि निर्देशनालयको प्राङगणबाट शुरु भएकोे नौमती बाजा सहित विभिन्न कृषि झाँकीमा किसानहरुले सुन्तला कफि, आलुको माला, हलो, जुवा कोदाली, फर्सी, कुभिन्डो मुला, केराको थम्मा, माछा  लगायत लिएका थिए भने गाडीहरुमा पनि विभिन्न कृषि उपजले सजाएर नाच्दै गाउँदै, बजाउँदै पोखराको चिप्लेढुङ्गा महेन्द्रपुल, नयाँबजारको परिक्रमा गर्दा बाटोमा ¥याली हर्नेहरुको भिडनै लागेको थियो भने कृषहरुको बृहत सहभागिताले पोखराको ट्राफीकमा २ घण्टा सवारी आवागमन समेत प्रभावीत भएको थियो । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम गिरी, पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्ले, लि– वर्डका अध्यक्ष कृष्णप्रसाद बराल, अखिल नेपाल किसान महासंघका अध्यक्ष पुन्य पौडेल, नेपाल किसान संघका भेषराज पराजुली, किसान माया केसी लगायतले आ–आफ्ना भनाई राखेका थिए । कार्यक्रमको संचालन क्षेत्रीय कृषि निर्देशनालयका प्रकाश सञ्जेलले गरेका थिए । यसैबीच विभिन्न किसान समूहरुले आ आफ्नो प्रस्तुति पनि राखेका छन् । कृषकहरुको झाकी प्रदर्शनी प्रतियोगितात्मक भएको आयोजकले जनाएको छ ।

Post a Comment

 
Top