
मेलाको मुख्य आकर्षण पुरुष भलिवल प्रतियोगितामा कास्की र वरपरका विभिन्न १८ टिमले उपाधिका लागि भिडन्त गर्नेछन् । भलिबल प्रतियोगितामा विजेताले १५ हजार र उपविजेताले १० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको प्रथम पुरस्कार क्लवका बरिष्ठ सल्लाहकार राम गुरुङ्ग (युके ) ले तथा द्वितिय पुरस्कार क्लवकै बरिष्ठ सल्लाहकार सोम गुरुङ्ग (युएसए )ले प्रायोजन गरेका छन् ।
त्यस्तै मेलाको आकर्षणमा चर्चित लोकदोहोरी कलाकारहरु शर्मिला गुरुङ र शंकर विरही गुरुङको विशेष प्रस्तुति रहने छ भने निरमाया दोहोरी साँझका कलाकारहरु इन्द्रा गुुरुङ्ग, सरिता थापा, रमा राना, टेक क्षेत्री, निश्चल थापा र टस गुरुङ्गको प्रस्तुति रहने छ । ११ गतेसम्म सञ्चालन हुने मेलाको अन्तिम दिन हिमाली साँस्कृतिक परिवार र चर्चित हाँस्य कलाकार दीपक थापाको विशेष प्रस्तुति रहने छ । मेला सम्पन्न गर्न करिव ३ लाख रुपैयाँ लाग्ने क्लवका सल्लाहकार खगेन्द्र गुरुङ्गले बताए ।
गाउँमा भलिबल र बास्केटबल मैदान निर्माणका लागिी देश विदेशमा रहेका ब्यक्तिहरुबाट ११ लाख रुपैयाँ संकलन भैसकेको र सहयोग आउनेक्रम पनि जारी रहेको कोषाध्यक्ष सु. हुमबहादुर गुरुङ्गले बताए ।
Post a Comment