0
पोखरेली भलिबल खेलाडि परीक्षा गुरुङ विवाह बन्धनमा बाँधिएकी छन् । भलिबल राष्ट्रिय खेलाडी परीक्षा गुरुङ शनिबार बेलायती सेनामा कार्यरत पोखरा–१३, बिपिमार्ग निवाशी भिम बहादुर गुरुङसंग बैवाहिक बन्धनमा बाँधिएकी हु्न । पोखरा–२, मिरुवाकी परीक्षाले नेपाली भलिबलमा सर्वाधिक धनराशिको ढोरपाटन ब्लुस्काइ कप डबल लिग महिला भलिबल प्रतियोगितामा पोखराको ज्ञानुबाबालाइ उपाधि जिताउने क्रममा सर्वोकृष्ट खेलाडी घोषित हुँदै सुनको सिक्री र स्कूटर प्राप्त गरेकी थिइन । गत भदौ महिनामा माल्दिभ्स बिरुद्ध मैत्रीपूर्ण खेलमा परीक्षाले नेपाल निलो टिमबाट खेलेकी थिइन ।

Post a Comment

 
Top