
बालहित संरक्षण समिति पोखराले तेस्रो साधारणसभाको अवसरमा विभिन्न विद्यालयका बालबालिका लाई पोशाक वितरण गरेको छ । स्वर्गिय माता खगेश्वरी बराल र पिता विष्णुप्रसाद बरालको सम्झनामा स्थापित अक्षयकोष बाट प्राप्त ब्याज रकम उनकी सुपुत्री मिना बराल आचार्यले बाल हित संरक्षण समिति पोखरा मार्फत श्री कृष्ण मावि, पार्दी उच्च मा वि, जनप्रिय उच्च मावि र शितला देवी सामुदायिक विद्यालयका गरीब बालबालिकालाई प्रदान गरेका हुन् । यसरी सहयोग प्रदान गरेकोमा आचार्यलाई बालहित संरक्षण समिति पोखराले सम्मान समेत गरेको छ । सम्मान ग्रहण गर्दै आचार्यले खुसीका साथ आफ्नै माता पितालाई सम्मान गरेको अनुभूति गरेकी बताइन । कार्यक्रममा ६ जना नयाँ आजीवन सदस्य पनि थप भएका छन् । कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत ओम राज पौडेलले संस्थाले साच्चिकै बालबालिकाको हितका लागि कार्य गरेकोमा खुसी ब्यक्त गर्दै बाल हित संरक्षण समिति पोखरा एउटा नमूना भएको बताए । बालहित संरक्षण समिति पोखराकी अध्यक्ष प्रभा पन्तको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी एवम् वडा नम्वर ७ का सम्पूर्ण संघ संस्थाको तर्फबाट पुरुषेत्तम रेग्मी बोलेका थिए । कार्यक्रममा सहसचिव भिमा पौडेल र अर्जुन भण्डारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रको सञ्चालन संयोजक राम मोहन आचार्यले गररेका थिए ।
Post a Comment