
सोही अनुरुप यस वर्ष सगम मावि चन्द्रकोटबाट उत्कृष्ट हुने छात्र÷छात्रा क्रमशः दीपक देवकोटा र सुष्मिता सुनार सम्मानित भएका थिए । त्यस्तै सर्वाेकृष्ट छात्रमा उज्वल देवकाटा सम्मानित भएका थिए र उत्तीर्ण भएका विद्यार्थीहरु सागर देवकोटा र सरस्वती देवकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै डिएसपी देवकोटाले समाजमा यस्ता खाले सम्मानले भावि सन्ततीलाई पनि हौशला हुने हुनाले अझ खोजी गरि प्रोत्साहन दिंदै जानुपर्नेमा जोड दिए । कार्यक्रममा सम्मानित व्यक्तित्व खिमलाल देवकोटा, देवकोटा वन्धु समाज नेपालका वरिष्ठ उपाध्यक्ष शालिग्राम देवकोटा, देवकोटा वन्धु समाज नेपालका सचिव लक्ष्मीनारायण देवकोटा, देवकोटा वन्धु समाज नेपालका कोषाध्यक्ष लक्ष्मी शर्मा देवकोटा, भरत देवकोटा, इमनाथ देवकोटा, चूडामणि देवकोटा, उज्जवल देवकोटा, सुष्मिता सुनार लगायतले आ–आप्mनो भनाइ राखेका थिए ।
Post a Comment