
राजीनामा आए लगत्तै विश्वविद्यालयमा आन्दोलनरत वामपन्थी पक्षधर प्राध्यापक तथा विद्यार्थी संगठनहरुले विजयउत्सव समेत मनाएका थिए । आमरण अनसन फिर्ता लिएपनि आन्दोलनरत विद्यार्थी संगठनहरुले भने राजीनामा औपचारिक रुपमा दर्ता गरेर कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । बिहीबार व्यवस्थापन तर्फका डीन डा. दीपक बहादुर भण्डारी सहितका पाँच पदाधिकारीले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा रजिष्ट्रार राजेश ठकुराठी, विज्ञान संकाय तर्फका डीन डा.निर्मला जम्मरकट्टेल र माानविकी संकायतर्फका डीनमा नियुक्त गरिएका अजय थापा, परिक्षा नियन्त्रक अनुप आचार्य रहेका छन् । ‘आमरण अनसन समेत जारी रहेको र स्वास्थ्य अवस्था नाजुक बन्दै गएको ले हामीले राजिनामा दिने निर्णय गरेका हौं ।’ डीन डा.भण्डारीले भने–‘उत्पन्न असहज अवस्था सामान्य हुने ठानेर यो निर्णय गरेका हौं ।’ विश्वविद्यालय ऐन अनुसार वरिष्ठताको आधारमा पदाधिकारी नियुक्त गर्नुपर्नेमा आफू अनुकुलका ब्यक्तिलाई राजनीतिक आस्थाको आधारमा नियुक्त गरेको भन्दै वामपन्थी सम्वद्ध प्राध्यापक तथा विद्यार्थीहरु आन्दोलित भएका थिए । तर डा. भण्डारीले आफू र विज्ञान डीन जम्मर कट्टेलका सवालमा भने कुनै विवाद नरहेको बताए । ‘वरियता अनुसार हामी नै हुनुपर्ने हो र भयौं पनि । हामी दुईमा चाहिँ कुनै विवाद छैन ।’–उनले भने ।
Post a Comment