
उनका साथबाट लागुऔषध नाईटोसन ७१, नर्फिन थान ३, आईजापाम थान २ र फेनेरागन थान ३ समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानबाट अवैध हातहतियार रहेको भन्ने खुलेको र बिहिबार वडा प्रहरी कार्यालय बैदाम र प्रहरी चौकी फेदीखोला स्यांजाबाट खटिएको प्रहरी टोलीले गुरुले जिम्मा लिई बसेको स्याङ्जा फेदीखोला गाविस ९ स्थित ससुरा इनबहादुर गुरुको घरमा तालिम प्राप्त कुकुर सहित चेकचाज गरिएको र पेटो एण्ड विआरएटिए चाइनिज ७.६५ एमएम क्यालिर भएको ९ राउण्ड क्षमताको अटोमेटिम पेस्टोल एक थान र दुई राउण्ड गोली सहित बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुलाई थप अनुसन्धान भैरहेको बताइएको छ ।
Post a Comment