0

पोखराबाट बेगनास ताल जाँदै गरेको यात्रुवाहक बस बिहीबार दिउसो लेखनाथको देउराली खोला नजिक दुर्घटना हँुदा आँठ जना घाईते भएका छन् । ग१ख ३१३४ नम्वरको लेखनाथ मिनी माईक्रो उक्त बस पोखराबाट यात्रु लिएर वेगनासताल तर्फ जाँदै गर्दा स्टेरीङ फेल भएर अनियन्त्रित हुँदै भएको बाटोको देव्र साईडमा पल्टिएको थियो । दुर्घटनामा परि घाईते हुनेहरुमा बेगनास तालका कृष्ण न्यौपाने, महोरियाका कल्पना भण्डारी, घाचोकका गोपाल नेपाली, एक्लेकुनाका विष्णु तामाङ, अन्जु तामाङ, नहरचोकका सीता अधिकारी, पावरहासउका मधुकर खनाल र हंसपुरका बालकृष्ण दाहाल रहेका छन् । घाईतेमध्यका कृष्ण न्यौपाने, कल्पना भण्डारी, अन्जु तामाङ र विष्णु तामाङलाई थप उपचारका लागि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ भने बाँकी घाइतेको लेखनाथको सामुदायिक लायन्स अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरुको अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

Post a Comment

 
Top