0

नेपाली काग्रेसको भात्रृ संगठन तरुण दल कास्की क्षेत्र नं १को विहीबार सम्पन्न तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि राधाकृष्ण तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । े समितिको उपाध्यक्षमा प्रेम तामाङ, सचिबमा उत्तम पौडेल, कोषाध्यक्षमा अनु गुरुङ, जिल्ला सदस्यमा थानेश्वर न्यौपाने र महाधिबेशन प्रतिनिधिमा सुरज जंङ राणा रहेका छन् भने बाँकी सदस्यहरु पछि थप गरिने भएको छ । यसअघि कार्यक्रमको उद्घाटन गर्दै सभसद् यज्ञबहादुर थापाले युबा शक्तिले पाटी हितका लागि गरेको कामको उच्च मूल्याङकन गर्दै देशमा शान्ति र संविधान निर्माणका लागि युवाहरुले दबाब मुलक कार्यक्रम ल्याउनु पर्ने सुझाब राखेका थिए ।  नेपाल तरुण दल कास्की क्षेत्र नं १का अध्यक्ष तारा गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा तरुण दलका केन्द्रिय सदस्य ऋषि काफले, कास्की क्षेत्र नं १का क्षेत्रिय सभापति बृजमान गुरुङ,तरुण दल कास्कीका कार्यबाहाक अध्यक्ष मनोज गुरुङ, उपाध्यक्ष नारायणहरी तिबारी,काग्रेस कास्की सचिब कृष्ण केसी लगायतले युबाहरुले पाटीको सस्थागत विकासका लागि भुमीका निभाउनु पर्नेमा जोड दिएका थिए ।

Post a Comment

 
Top