0

नेपाल भलिबल सङ्घको आयोजनामा काठमाडौंमा सुरु भएको महिला पुरुष लिग भलिबल प्रतियोगितामा सहभागी हुन जाने पश्चिमाञ्चल महिला भलिबल टीमलाई मंगलबार बिदाइ गरियो । पोखरामा आयोजित एक कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका अध्यक्ष छ्यामबहादुर थापामगर, उपाध्यक्ष शुभकन्या गुरुङ, सहसचिव राजकुमार गुरुङ, सल्लाहकार  देवेन्द्र केसी लगायतले खेलाडीहरूलाई खादा लगाएर बिदाइ गरेका थिए । मञ्जु गुरुङको कप्तानीमा रहेको पश्चिमाञ्चल महिला भलिबल टीममा सिपोरा गुरुङ, अरुणा शाही, परीक्षा गुरुङ, मान्ती आले, सुक्रिया गुरुङ, मनिषा चौधरी, शशी चौधरी र खुसी गुरुङ रहेका छन् । टीम कोचमा कौशिला खत्री र मेनेजरमा अखिलकुमार शाही रहेका छन् । अघिल्लो वर्ष चौथो स्थानमा टुङ्ग्याएको पश्चिमाञ्चल महिला भलिबल टीमले बुधबार दिउँसो चार बजे जावलाखेल भलिबल प्रशिक्षण केन्द्रसँग पहिलो प्रतिस्पर्धा गर्नेछ ।

Post a Comment

 
Top