0
सिन्धुपाल्चोकको ठूलोसिरुवारी गाविसमा मंगलबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । यो घटनामा अन्य दुईजना घाइते भएका छन् । बत्ती निभाउन स्वीच थिच्दा उच्च विद्युत् प्रवाहका कारण करेन्ट लागेर ठूलोसिरुवारी(५ का ६० वर्षीय भिवाइ सिं तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपकराज खरेलले जानकारी दिए । करेन्ट लागेर घाइते भएकी सोही ठाउँकी ६० वर्षीया भुन्जरी तामाङको स्थानीय स्वास्थ्यचौकी र वडा नं ४ की ६४ वर्षीया चोकमाया तामाङको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।

Post a Comment

 
Top