0
नेपाली कांग्रेस क्षेत्र नं २ एवं नेपाल किसान संघ कास्कीको आयोजनामा मंगलबार भदौ १ गते निधन भएका दलित आन्दोलनका अगुवा भवे सार्कीको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
श्रद्धाञ्जली सभामा बोल्दै कार्यक्रमका नेपाली काग्रसका केन्द्रीय सदस्य तथा दलित विभाग प्रमुख जीवन परियारले भवे सार्की जीवित हुँदासम्म र आफ्नो मृत्यको मुखमा पनि विपी कोइरालाको अनुयायी भएर बाँचेको बताए । सार्कीले कहिले पनि पार्टीको आडमा लागेर रोटीको पछि नलागेको पनि उनले बताए । घरको आर्थिक स्थिति कमजोर भएपनि आफ्नो पुख्र्यौली पेसाको माध्यमबाट नै घर चलाउनुले पनि उनी पार्टीको विचारमा कत्तिको इमान्दार थिए भन्ने कुरा स्पष्ट भएको समेत उनले बताए । नेपाली कांग्रेसले सबैलाई जग्गाको लालपूर्जा दिने अभियान चलाउँदा सबैभन्दा पहिला भवे सार्कीको परिवारलाई नै प्रदान गरिनुपर्नेमा नेता परियारले जोड दिए । परिवारका सदस्यहरुको तर्फबाट भवेका छोरा गोविन्द सार्कीले आफूलाई बुबाले जहिले पनि विपीको विचारलाई अनुसरण गर्न आग्रह गर्नुभएको बताए ।
राजनीति पैसा कमाउने खेल नभएकाले पैसाको लागि राजनीति नगर्न पनि आफूलाई बुबाले आग्रह गरेको उनले बताए । घरको आर्थिक स्थिति कमजोर भएपनि बुबाले पार्टीसंग कहिले पनि सम्झौता नगरेको उनको भनाई थियो । कार्यक्रममा नेपाली कांग्रेसका सभासद् यज्ञबहादुर थापा तथा शारदा पौडेल, नेपाली कांग्रेसका महासमिति सदस्य सोभियत बहादुर अधिकारी तथा निर्मलप्रसाद कर्माचार्य, कांग्रेसका नेता खेमराज पौडेल,  कांग्रेस कास्कीका जिल्ला सहसचिव मुकुन्द बाँस्तोला ‘ज्वाला’, तरुण दलका केन्द्रीय सदस्य ऋषि काफ्ले, दलित संघका केन्द्रीय सदस्य परशुराम ‘बी’ पोखरेल, नेविसंघ जिल्ला अधिवेशनका संयोजक सुवास कोइराला, एमाले क्षेत्र नं २ का सभापति धन बहादुर नेपाली, नेपाल किसान संघका केन्द्रीय सभापति भानुभक्त सिग्देल, संघका सदस्य प्रभात आले, दलित संघका जिल्ला सभापति हरीबहादुर परियार लगायतले स्व. भवे सार्कीको जीवनी र राजनीतिमा उनले पु¥याएको योगदान बारे चर्चा गरेका थिए । उनीहरुले सरकारले उनको कामको सम्मान गर्नुपर्ने र हरेक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले सार्कीबाट धेरै कुराहरु सिक्नुपर्ने बताएका थिए ।
यसैगरी नेपाल महिला संघ कास्कीको आयोजनामा स्व. मङ्गलादेवी सिंहको १९औँ स्मृति दिवस एक समारोहबीच सम्पन्न भएको छ । सभासद् शारदा पौडेलको प्रमुख आतिथ्यतामा चिप्लेढुङ्गामा रहेको नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति सोभियत बहादुर अधिकारी, नेपाल महिला संघकी क्षेत्रीय सभापति रजनी केसी, संघकी जिल्ला सदस्य विष्णु कार्की, नेपाल महिला संघ वडा नं  ८ इकाई समितिकी सभापति शारदा गिरी, संघकी सदस्य लिला बराल, सीमा लामा, वडा न. ९ की वडा इकाई समितिकी सभापति सुनयना पालिखे लगायतले आ–आप्mनो भनाइ राखेका थिए । कार्यक्रम नेपाल महिला संघ कास्कीकी सभापति तारा अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

Post a Comment

 
Top