
ालिमका प्रमुख प्रशिक्षक तथा टिइपीसीका उपनिर्देशक सुरेन्द्र गंगोलले तालिममा सिकेका कुरालाई सहभागीहरुले व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । हस्तकला संघकी अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचारकर्मी विमला भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेल, तालिममा सहभागी बुद्धि पुर्जा र संगीता गुरुङ्ग, संघकी उपाध्यक्ष रामकली खड्का, सचिव सीता गुरुङ्ग लगायतले तालिमको महत्वका बारेमा आ–आफ्नो भनाइ राखेका थिए । साउन २० गते देखि शुरु भएको तालिममा हस्तकला, फ्लोरिकल्चर, अर्गानिक कफी, लगायतका गरि २८ उद्योगी व्यवसायीको सहभागिता रहेको थियो भने टिइपीसीका उपनिर्देशक सुरेन्द्र गंगोल, वरिष्ठ अधिकृत सिद्धिचरण दाहाल र राजेन्द्र सिंहले प्रशिक्षण दिएका थिए ।
Post a Comment