0
नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा दलित नेता भवे सार्कीको सोमबार बिहान निधन भएको छ । वि.सं १९९९मा पर्वतमा जन्मिएका सार्कीले २०२८ सालदेखि नेपाली काँग्रेसमा रहेर सबै किसिमको प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनमा सक्रियता जनाएको थिए । कास्कीलाई आफ्नो कर्म क्षेत्र बनाएका सार्की नेपाल दलित संघका अगुवा नेता उनी नेपाल किसान संघका केन्द्रिय सदस्य सँस्कृत माध्यमिक विद्यालय  सञ्चालक समितिका पूर्व अध्यक्ष दलित सँग कास्कीका पूर्व सभापति समेत हुन् । उच्च रक्तचापको कारण विरामी परेका सार्कीलाई आइतबार बेलुका उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा राति करिब ३ बजे उनको निधन भएको  दलित संघका प्रेम परियारले गोल्डेन न्यूजलाई जानकारी दिए । कास्की काँग्रेसका सभापति एवं संसद यज्ञबहादुर थापाले साकीृको निधन बाट काँग्रेसलाई अपुरणीय क्षति भएको भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । स्वर्गीय सार्कीको शव लाई सेती नदीको तुलसीघाटमा लगेर अन्तेष्टी गरिएको थियो । उनको शवमा दलित नेता प्रकाश स्नेहिले दलितसंघको झण्डा  र नेपाली काँग्रेसका नेताहरु महादेव गुरुङ्ग, सोभियत बहादुर अधिकारी, युवराज कुमार, आइबहादुर गुरुङ्ग, माधव बास्तोला र देवराज चालिसे लगायतले पार्टीको झण्डा ओढाएर अन्तीम श्रद्धाञ्जली अपर्ण गरेका थिए ।
शव यात्रामा दलित संघ र त्यस क्षेत्रमा कार्यरत सर्वसाधारण, काँग्रेसका नेता र कार्यकर्ता एवं शुभचिन्तक हरुको सहभागिता रहेको थियो ।
स्वर्गीय भवे सार्की आर्थिक दृष्टीकोणले कमजोर मानिए पनि प्रजातान्त्रीक आन्दोलनमा भने उनको महत्वपूर्ण योगदान रहदै आएको थियो । जुत्ता बनाउने पेशा अगालिरहँदा समेत आफूले आर्जन गरेको पैसा आन्दोलनमा हिड्न खर्च गर्ने गरेको उनको सहयात्रीहरु बताउछन् । यसैबीच नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुलीले किसान संघका केन्द्रिय सदस्य भवे सार्कीको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । एक शोक विज्ञिप्तीमा उनले शोक सन्तप्त परिवारमा समवेदना समेत प्रकट गरेका छन् ।

Post a Comment

 
Top