0
मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निकट अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघले कास्कीको वडा नं १४ मा कब्जा गरेको जग्गामा कोणसभा आयोजना गरेको छ । शनिबार बैद्य माओबादीका कार्यकर्ताहरुले जग्गा कब्जा गरेको स्थलमा कोणसभा आयोजना गरि भुमिहिनलाई बितरण गरिने जग्गामा कसैले आँखा नलगाउन चेतावनी दिएका थिए । कोणसभामा अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ कास्कीका फ्याक्सन ईन्चार्ज पुर्णजित पुनले भु – माफियाहरुले सरकारी तथा सार्बजनिक जग्गाहरु लुटेर खान थालेकोले आफुहरुले जग्गा कब्जा गरेर गरिब, भूमिहिनहरुलाई बितरण गरिने बताए । कोणसभामा सुकुम्बासीका केन्द्रीय उपाध्यक्ष दिलिप सुनारले अव उक्त क्षेत्रमा भुमिहिनको बस्ती विस्तार गरिने बताए ।

Post a Comment

 
Top