पोखरा उपमहानगरपालिकाको २०१८ सम्म पोखरा क्षेत्रलाई बालश्रम मुक्त नगर बनाउने कार्यक्रम अन्तगरगत बालमैत्री स्थानीय शासन वडा समन्वय समिति वडा नंं.१० ले २ दिने वडास्तरीय बालमञ्च परिचालन तालिम सम्पन्न भएको छ । तालिममा कालिका उच्च मावि बाल चेतना समूहका अधिकांश विद्यार्थी र वडास्तरीय बाल क्लवका सदस्यहरुको उपस्थितिमा सम्पन्न तालिमका प्रमुख अतिथि रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ्गले नेपाल र युकेका बच्चाहरुको हकहितका कार्यहरु फरक रहेको बताउँदै बाल अधिकार के हो र बालबालिका र परिवारले ६५ वर्ष नाघेका बयोबृद्धहरुको सेवा गर्नुपर्ने बताए । कार्यक्रम समापन कार्यक्रमका प्रमुख अतिथि एवम् पोउमनपा सामाजिक विकास शाखा प्रमुख ओमराज पौडेलले बालबालिकाले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै बालबालिकासँगै अभिभावकलाई समेत तालिम दिनुपर्ने बताए ।
पोखरा उद्योग बाणिज्य संघ बालमैत्री कार्यक्रम संयोजक सरेश कुमार मानन्धर र पोखरा उद्योग बाणिज्य संघ पौरवीका अधिकृत भक्तराज रसाइलीले प्रशिक्षण दिएको तालिममा वडास्तरीय बाल क्लवका कोषाध्यक्ष सुस्मिता सुवेदीले आफूले सिकेका कुराहरु व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्दै २ दिने तालिमले बाल अधिकार र बाल श्रमको विषयमा बुझ्न पाएको बताए । तालिममा कालिका उच्च माविका प्रधानाध्यापक बलराम गिरी, राष्ट्रिय जनमोर्चा वडा नं.१० का प्रतिनिधि जयराम आचार्य, प्रशिक्षक सुरेश कुमार मानन्धर, वडा सचिव नवराज थापा, हिमाल आमा समूहका अध्यक्ष तारा सापकोटा, पारालिगल वडा कमिटी वडा नं.१० का अध्यक्ष अनिता तिमिल्सिना, संस्थाका सदस्य एवम् बालविकास केन्द्रका संचालक धनमाया गुरुङ्ग, जिल्ला बाल मञ्च कास्कीका अध्यक्ष सुनिता गुरुङ्ग लगायतले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरेका थिए । बालमैत्री स्थानीय शासन वडा समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जनप्रिय बालविकास केन्द्रका संचालक विष्णु कुमारी पराजुली तथा कार्यक्रमको संचालन उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले गरेका थिए ।

Post a Comment