0
पोखरामा केही दिन देखि रगतको अभाव भइरहेको बेला विभिन्न संघ संस्थाले रक्तदानको आयोजना गर्दै आएका छन् । यसै क्रममा नयाँबजार साँस्कृति समिति र नेवाः मिसा पुचको संयुक्त आयोजनामा शनिबार नयाँबजारमा रहेको शम्भु मोटरसाइकल रिपिरयरिङ सेन्टरको प्राङ्णमा रक्तदान सम्पन्न भएको छ । पोखरा उपमहानगरपालिकाका वडा नं ९ का वडा सचिव लोकदर्शन कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोइरालाले आफैले रक्तदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । क्षेत्रीय रक्तसंचार केन्द्रका प्राविधिक अर्जुन ज्ञवालीले पोखरामा अस्पतालको सख्या बृद्धि भएको र पोखरामै डाइलसिस हुने भएकोले पनि रगतको अभाव हुन थालेको बताए । उनले १७ बर्ष देखि ६० बर्ष उमेर सम्मको निरोगी मानिसले रक्तदान गर्न बताए । उनले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने सोचाई गलत रहेको प्रमाण ६० पटक भन्दा बढी रक्तदान गर्नेहरु भएको बताए । नयाँबजार साँस्कृति समितिका अध्यक्ष शम्भुलाल श्रेष्ठले पोखरामा रगतको अभाव भएको खबर पाए पछि आफुहरुले रक्तदानको आयोजना गरेको बताए । मिसा पुचका अध्यक्ष रमा श्रेष्ठले आपूmहरुले आयोजना गरेको रक्तदानमा पहिलो पटक रक्तदान गर्नेको सख्या पनि बढी रहेको भन्दै युवा पुस्तालाई रगतको महत्व बारे अझै बुझाउन सके रक्तदान गर्नेको सख्य अझै बड्ने उनको भनाई थियो ।

Post a Comment

 
Top