0

कास्कीको लेखनाथ नगरपालिका विजयपुरस्थित शान्ति मार्गमा रहेको भएको छ ।  मंगलबार राति २ बजे गोदाममा लागेको आगो बुधबार बिहान १० बजे अर्थात आठ घण्टापछि मात्र नियन्त्रणमा आएको हो । राति विजुली सट भएर आगो लागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी वसन्तकुमार लामाले बताए । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै स्थानीयबासीले आगो निभाउन रातिबाट नै प्रयास गरेको भएपनि पर्याप्त दमकल नहुदा र पानीको समते अभाव हुनुले आगो नियन्त्रणमा ढिलाई भएको हो ।  आगो नियन्त्रणका लागि पोखरा उपमहानगरपालिकाको एउटा दमकल र १० ओटा पानीका ट्याङकर प्रयोग गरिएको थियो ।
स्थानीय शालिग्राम घिमिरेको घरको दोस्रो तलामा सूर्य नेपालले आप्mनो गोदाम राखेको थियो । आगलागीबाट करिब ७ करोड बराबरको क्षति भएको अनुमान गरिएको भएपनि क्षतिको पूर्ण विवरण आइनसकेको सूर्य नेपालका बजार प्रतिनिधि विदुर अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।

Post a Comment

 
Top