पोखरा उपमहानगरपालिका वडा नं. १ मा महिला विकास समन्वय समिति गठन गरिएको छ । समितिको अध्यक्षमा सीता गुरुङ, उपाध्यक्षमा शारदा पराजुली, सचिवमा कल्पना अचार्य, सह–सचिवमा सरला आचार्य, कोषाध्यक्षमा मिना पाण्डे र सदस्यहरूमा सीता अधिकारी, निर्मला सुवेदी, हीरादेवी पराजुली, भीमकुमारी गुरुङ, यममाया गिरी, शान्ता पौडेल, चन्द्रकला केसी र शारदा अधिकारी लगायतका रहेका छन् । समितिको सल्लाहकारमा सभासद शारादा पौडेल, टेकनाथ पौडेृल, रुद्र तिमिल्सिना, तिलक कोइराला, पुरुषोत्तम श्रेष्ठ, गंगाबहादुर गुरुङ, माधव पराजुली बलराम पराजुलीलाई राखिएको छ । भेलामा सभासद शारदा पौडेलले वडाको विकासका लागि समितिले पहल गर्ने बताइन । कार्यक्रममा नमूना आमा समूहकी अध्यक्ष कल्पना आचार्य र सह–सचिव धन अधिकारी लगायतले बोलेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment